दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
ट्रकले ठक्कर दिएपछि एक साइकलयात्री बृद्धाको शुक्रबार घटनास्थलमै ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिका ५ खरचुहिया बस्ने ६० वर्षिय माखन साहले ट्रकले ठक्करबाट ज्यान गएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.८ख. २८१६ नम्बरको मालबाहक ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तरगत सोही नगरपालिकाको वडा ६ रन्जितपुर खण्डमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले तिब्र गतिमा रहेको ट्रक अर्को सवारीसाधानलाई ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको बताएका छन् ।
ठक्कर दिने ट्रकका चालक प्युठान जिल्ला निवासी ४० वर्षिय बमबहादुर पुनः र ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
उनले मृतकको क्षतविक्षत अवस्थामा रहेको शव पोष्टमार्टमाका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको बताए ।
पक्राउ परेका चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।
घटनापछि आक्रोसित स्थानीयवासिन्दाले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीले दोषिलाई कानुन बमोजिम कारवाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि आवागमन सूचारु भएको जनाइएको छ ।
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
सारांश
- सप्तरीको खडक नगरपालिका ५ खरचुहिया बस्ने ६० वर्षिय माखन साहले ट्रकले ठक्करबाट ज्यान गएको हो ।
- पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.
- ८ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया