दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
मिटरब्याजी रामदेव साह परिवारबाट पीडित भएकाहरुले सोमवार राजविराजमा प्रर्दशन गर्नुका साथै पक्राउ गरि कडा कारवाहीको माग गरेका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणमा भेला भई पीडितहरुले प्रर्दशन गर्दै मिटरव्याजी रामदेव साह तेलीसहित परिवारका अन्य सदस्यहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाहीको माग गरेका हुन् ।
ऋण तिरीसकेको जग्गा फिर्ता गर, विपन्न परिवारलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साहलाई पक्राउ गर लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्रमा प्रर्दशन गरेका थिए ।
प्रदर्शन पश्चात आयोजित विरोध सभामा बोल्दै पीडितहरुले तमसुक बनाएर लाखौं रुपैया दिने र करोडको कागजात बनाई असुल गर्ने साह परिवार माथी कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।
पीडित महिला खडक नगरपालिका ६ कि राधा पासवानले आपत परेका वेला १ लाख ऋण लिए वापतको ४ लाख ब्याज बुझाई सक्दा पनि बन्धकी जग्गा फिर्ता नगरेको गुनासो गरिन् ।
यस्तै बोदेबरसाइन नगरपालिकाका मो.तयैब अलिले उपचारका लागी मिटरव्याजी साहसँग लिएको रकमको चौब्बर ब्याज र साँवा समेत बुझाई सक्दा पनि बन्धकी जग्गा फिर्ता नगरेको गुनासो पोखे ।
विपन्न नागरिकलाई लाखौ ऋण दिएर करोडौ असुल गरेको आरोप लागेका मुख्य आरोपी रामदेव साह तेली अझै पक्राउ पर्र्न नसकेपनि उनको परिवारका अन्य सदस्य धमाधम पक्राउ पर्न थालेका छन् । साहका छोरा नन्द किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले चार दिनपछि छोरी अनुराधालाई पनि पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा गौशालाबाट पक्राउ गरी राजविराज ल्याइएको हो । सोमवार सप्तरी जिल्ला अदालतमा अनुराधालाई उपस्थित गराउँदा अनुसन्धानका लागी तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक राजु अधिकारीले ठगी तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराइए पछि अनुराधालाई हिरासतमा राखी अनुसन्धानका लागी तीन दिनको म्याद उपलब्ध गराइएको बताए ।
विपन्न परिवारलाई किर्ते तमसुक बनाएर लाखौ रकम दिने र त्यसवापत करोडौं असुल्ने गरेको साह परिवार विरुद्ध हाल ९ जना पीडितहरुको उजुरी आएपछि पक्राउ गर्नेक्रम तिब्र बनाइएको उनको भनाई छ ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजार घर भएका साह परिवारमाथी लिएको ऋण भन्दा ६ गुणा भन्दा बढी रकम असुल गरेको आरोप छ । पीडितहरुले विभिन्न मितीमा १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुपैया ऋण लिएर सो रकमको ब्याज ६ गुणा भन्दा बढी र सावाँ समेत चुक्ता गरिसके पनी जग्गा फिर्ता नगरेको भन्दैै पुरै परिवार माथी जाहेरी दिएको प्रहरीको भनाई छ ।
साहुकार रामदेव संगै उनकी पत्नी शिव, अर्का छोरी रेणु, नाती चन्दन र कैलाश विरुद्ध पनि जाहेरी दर्ता भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । साह परिवारले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपत विपत परेका वेला ऋण दिएर दिएको रकम भन्दा दोब्बर तेब्बरको कागजात गराउने गरेको पीडितहरुले बताएका छन् ।
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
सारांश
- स्थानीय शिव मन्दिर प्राङ्गणमा भेला भई पीडितहरुले प्रर्दशन गर्दै मिटरव्याजी रामदेव साह तेलीसहित परिवारका अन्य सदस्यहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाहीको माग गरेका हुन् ।
- ऋण तिरीसकेको जग्गा फिर्ता गर, विपन्न परिवारलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साहलाई पक्राउ गर लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्रमा प्रर्दशन गरेका थिए ।
- प्रदर्शन पश्चात आयोजित विरोध सभामा बोल्दै पीडितहरुले तमसुक बनाएर लाखौं रुपैया दिने र करोडको कागजात बनाई असुल गर्ने साह परिवार माथी कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया