राजविराज÷प्रतिनिधीसभा बिघटनबिरुद्व नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः शिब मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा आयोजित कोणसभाका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई तुहाउने किसिमले प्रतिनिधीसभा बिघटन गरेको आरोप लगाए ।
कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, सभासद सकलदेव सुतिहार, सचिव रामकुमार यादव, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
बिरोध प्रदर्शनमा पार्टीका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघm नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस यूनियन, त्रिुभुुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ, प्रजातान्त्रिक वन कर्मचारी संघ नेपाल, नेपाल उमात संघ, लोकतान्त्रिक नेवाः खस, डमोक्रेटिक एग्रीकल्यारिस्ट एशोसिएशन नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
सारांश
- कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, सभासद सकलदेव सुतिहार, सचिव रामकुमार यादव, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
- बिरोध प्रदर्शनमा पार्टीका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघm नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस यूनियन, त्रिुभुुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ, प्रजातान्त्रिक वन कर्मचारी संघ नेपाल, नेपाल उमात संघ, लोकतान्त्रिक नेवाः खस, डमोक्रेटिक एग्रीकल्यारिस्ट एशोसिएशन नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया