दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
साहित्यिक संस्था साझा प्रकाशन शाखाले १५ औं पुस्तकालय दिवस एवं वडा दशैको अवसर पारेर राजविराजमा बृहत पुस्तक प्रर्दशनीको आयोजना गरेको छ ।
सो पुस्तक प्रर्दशनीको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले उदघाटन गरेकी छिन् ।
उद्घाटन गर्दै उनले यस्ता प्रर्दशनीले सम्पुर्ण भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गर्दै शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागी राजविराज नगरपालिकाबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
शाखा प्रबन्धक मनोज कुमार माझीले पठन संस्कृतिको विकास तथा ज्ञानवद्र्धक र उपयोगी पुस्तकको विक्री वितरण बृद्धि गर्ने उद्देश्यले पुस्तक प्रर्दशनीको आयोजना गरिएको बताए ।
१३ दिनसम्म चल्ने उक्त प्रर्दशनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोष संग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तक छन । प्रर्दशनीमा कपी समेत राखिएको छ । एक हजार ६ सय भन्दा बढी लेखकको कृति राखिएको प्रर्दशनी ३१ भाद्र सम्म चल्ने र उक्त अवधी भर विभिन्न विद्याका पुस्तकमा २५ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सो संस्थाले जनाएको छ ।
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
सारांश
- सो पुस्तक प्रर्दशनीको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले उदघाटन गरेकी छिन् ।
- उद्घाटन गर्दै उनले यस्ता प्रर्दशनीले सम्पुर्ण भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गर्दै शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागी राजविराज नगरपालिकाबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
- शाखा प्रबन्धक मनोज कुमार माझीले पठन संस्कृतिको विकास तथा ज्ञानवद्र्धक र उपयोगी पुस्तकको विक्री वितरण बृद्धि गर्ने उद्देश्यले पुस्तक प्रर्दशनीको आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया