दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
जलवायु जन्य हानी तथा नोक्सानी जलवायु परिवर्तन सिर्जित सम्बन्धमा बाढी प्रभावित पालिकाका सरोकारवालाहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
तथ्य र आवश्यकतालाई मध्यनजर गर्दै दिगो बिकास ईन्स्टिच्युट र सबल नेपालको सहकार्यमा आइतबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र हनुमानगर कंकालनी नगरपालिकासँग गोष्ठीको आयोजना गरिएको हो ।
जलवायु जन्य हानी तथा नोक्सानीको जनचेतना बिकासित गर्ने साथै समुदायहरूको उत्थानशिलता र अनुकुलन क्षमता बढाउने लक्ष्यका साथ प्रारम्भिक जिल्ला स्तरिय गोष्ठी गरिएको सबल नेपालका असोक साहले जानकारी दिए ।
गोष्ठीमा जलवायु परिवर्तनले समुदायमा पारेको असर, प्रकोपलाई मध्यनजर गर्दै योजना बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
गोष्ठीमा समुदायमा जलवायु उत्थानशिलता बढाउने र जलवायु परिवर्तनको असर न्युनिकरण गर्न अभियानमा उल्लेखनिय भुमिका निर्वाह गर्ने बिषयमा पुर्णरूपमा बिश्वस्त हुनुपर्ने सबल नेपालका परमेश्वर झाले बताए ।
सो अवसरमा दिगो बिकास ईन्स्च्यिुटका निर्देशक अभिषेक श्रेष्ठले जलवायु जन्य हानी तथा नोक्सानी सम्बन्धी कार्यक्रमको सुरूवात भएको जानकारी दिए । त्यस्तै कार्यक्रम संयोजक प्रयास अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।
गोष्ठीमा हनुमानगर कंकालनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, प्रमुख प्रशासकिय अधिकृत हरीमोहन सुतिहार, तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादब लगायत पालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रकोप जस्तै भुकम्प, हावाहुरी, आगलागी र जलवायु जन्य प्रकोप अन्तर्गत बाढी पहिरो, बेमौसमी वर्षा र उच्चतम तामक्रमलाई मध्यनजर गर्दै सावधानी अपनाई पालिकाहरूले दिर्घकालिन योजना बनाउनुपर्ने सहभागीहरूले बताएका छन ।
सो अवसरमा हनुमाननगर कंकालनी नगरपालिका वडा १४ मा कोशीको वाढीले पु¥याएको क्षति सम्बन्धीमा डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
बाढी प्रभावित पालिकाका सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न
सारांश
- तथ्य र आवश्यकतालाई मध्यनजर गर्दै दिगो बिकास ईन्स्टिच्युट र सबल नेपालको सहकार्यमा आइतबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र हनुमानगर कंकालनी नगरपालिकासँग गोष्ठीको आयोजना गरिएको हो ।
- जलवायु जन्य हानी तथा नोक्सानीको जनचेतना बिकासित गर्ने साथै समुदायहरूको उत्थानशिलता र अनुकुलन क्षमता बढाउने लक्ष्यका साथ प्रारम्भिक जिल्ला स्तरिय गोष्ठी गरिएको सबल नेपालका असोक साहले जानकारी दिए ।
- गोष्ठीमा जलवायु परिवर्तनले समुदायमा पारेको असर, प्रकोपलाई मध्यनजर गर्दै योजना बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया