जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ

राजविराज राजविराज
|
आइतबार, मंसिर ७, २०८२
|
|
६९ पटक हेरिएको
Shares
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ

सारांश

  •     जबरजस्तीकरणी मुद्दामा जेल जीवन विताईरहेको सप्तरीको बोदेर्बसाईन नगरपालिका १ महनौरी टोलका ३५ वर्षिय कामेश्वर मण्डल पक्राउ परेका हुन ।
  •       उनलाई आइतवार इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी टोलीले गाउँघर मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
  •       जबरजस्तीकरणी मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई ३ लाख जरिवाना तथा ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 

    जेनजी आन्दोलनका क्रममा गत भदौं २५ गते कारागार कार्यालय सप्तरीबाट फरार एक कैदी पक्राउ परेका छन । 
    जबरजस्तीकरणी मुद्दामा जेल जीवन विताईरहेको सप्तरीको बोदेर्बसाईन नगरपालिका १ महनौरी टोलका ३५ वर्षिय कामेश्वर मण्डल पक्राउ परेका हुन । 
    उनलाई आइतवार इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी टोलीले गाउँघर मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    जबरजस्तीकरणी मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई ३ लाख जरिवाना तथा ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 
    कैद सजाय भुक्तान हुन बाँकी रहेकै अवस्थामा फरार भएका उनको खोजी कार्य ब्यापक बनाइए पछी सफलता मिलेको प्रहरी नायब उपरिक्षक पुरीको भनाइ छ । 
    जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट २ सय ५ कैदी बन्दी फरार भएका थिए । जस मध्ये हालसम्म १ सय २४ जना कैदीबन्दी फिर्ता ल्याइएको छ भने ६ भारतीय नागरिकसहित ८१ जना अझै पक्राउ पर्न बाकी रहेको जेल प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित