दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरी जिल्लामा सिंचाइ, विद्युत र मलको चरम अभाव झेलिरहेका किसानहरूको समस्यालाई लिएर विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ भोला दाहालले समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै आइतबार स्थलगत निरिक्षण गरेका छन् ।
जिल्लाको कोशी पम्प नहर प्रणालीमा देखिएको समस्या समाधानको माग गर्दै गरिएको ध्यानाकर्षणपछि प्रजिअ दाहालकै नेतृत्वमा तत्काल एक प्राविधिक टोलीलाई लिएर स्थलगत निरीक्षण गरेका हुन् । टोलीमा कोशी पम्प नहर कार्यालयका इन्जिनियर गौरव कर्ण, इन्जिनियर शम्भुप्रसाद मण्डलसहित अन्य सिँचाइ तथा विद्युत् क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
निरिक्षण कै क्रममा कोशी पम्प नहर क्षेत्रअन्तर्गतका सबै उपभोक्ता समिति अध्यक्षहरूलाई साउन १२ गते कोशी पम्प कार्यालयमा बोलाई आपसी समन्वयमा पानी वितरण गर्न तथा सिँचाइ वितरण थप प्रभावकारी र सन्तुलित बनाउनका लागि आवश्यक रणनीति बनाउने निर्णय समेत गरिएको छ ।
प्रजिअ दाहालले प्राविधिक टोलीलाई डिपिआर तयार गर्न निर्देशन दिँदै आवश्यक बजेट र नीतिगत समर्थनका लागि माथिल्लो निकायमा पहल गरिने बताए ।
सिँचाइ, कृषि र विद्युत निकायका प्रतिनिधिहरूको संयुक्त टोलीले स्थल निरीक्षण गरी समस्याको स्थायी समाधानतर्फ आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । किसानहरूका श्रम, लगानी र भविष्य खेर जान नदिन सक्दो चाँडो सबै पक्षबाट सहकार्य गरिने जानकारी दिइएको छ ।
प्रजिअ दाहालले जिल्लामा रहेका तीनवटै पम्प फर्म तुरुन्त सञ्चालनमा ल्याउन, कम भोल्टेजका कारण बिग्रिएको मोटरपम्प सञ्चालनका लागि विद्युत् प्राधिकरण प्रमुखलाई तत्काल उच्च भोल्टेज आपूर्ति सुनिश्चित गर्न निर्देशन समेत दिए । उनले नहरको हेड रेगुलेटर स्थानबाट अनावश्यक रुपमा पानी खोलिएको पाइएकाले २४ घण्टे निगरानी र नियन्त्रण सुनिश्चित गर्न प्राविधिकलाई कडाइका साथ निर्देशन दिएका छन् ।
मधेश प्रदेशको कृषिमा देखिएको सरकारी बेवास्ता र कमजोर पूर्वाधार व्यवस्थापनका कारण किसानहरू दिनानुदिन समस्यामा परिरहेका छन् । मधेशलाई अन्नको भण्डार मानिन्छ, जहाँ ७० प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामा निर्भर छ । तर, सिँचाइ, मल, बीउ र विद्युत जस्ता अत्यावश्यक पूर्वाधारको अभावले गर्दा कृषकहरू ठूलो मारमा परेका छन् ।
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
सारांश
- ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ भोला दाहालले समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै आइतबार स्थलगत निरिक्षण गरेका छन् ।
- जिल्लाको कोशी पम्प नहर प्रणालीमा देखिएको समस्या समाधानको माग गर्दै गरिएको ध्यानाकर्षणपछि प्रजिअ दाहालकै नेतृत्वमा तत्काल एक प्राविधिक टोलीलाई लिएर स्थलगत निरीक्षण गरेका हुन् ।
- टोलीमा कोशी पम्प नहर कार्यालयका इन्जिनियर गौरव कर्ण, इन्जिनियर शम्भुप्रसाद मण्डलसहित अन्य सिँचाइ तथा विद्युत् क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया