दैनिक समाचारदाता
राजविराज, २० असार ।
मिटर ब्याजको चपेटमा परेका एक दम्पत्तिले सोमवार राजविराजमा न्यायका लागी पहल गरिदिन आग्रह गरेका छन् ।
ती दम्पतीले सोमवार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सो आग्रह गरेका हुन् ।
राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओमप्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी संचारकर्मीसँग आग्रह गरे ।
आफुहरुले लिएको ऋण तेब्बर ब्याजसहित चुक्ता गर्दा समेत ऋण लिदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दवाव दिदै आएको उनीहरुको भनाई छ ।
क्षेत्री दम्पतीले आफुहरु छोरीको विवाहका लागी साहबाट १० वर्ष अघि पटक पटक गरी २ लाख ५० हजार रुपैया ऋण लिए पनि तेब्बरको कागज बनाएर फसाएको गुनासो समेत गरे । आफुले लिएको भन्दा धेरै रकम चुक्ता गरिसके पनि अहिले १७ लाख ३८ हजार ५ सय १७ रुपैया थप रकम नदिए सम्म कागज फिर्ता न गर्ने साहले अडान लिएको ओमप्रकाशले सुनाए ।
यसबारे टोलमा वसेको पंचायतीले साह परिवारलाई राखी ९ लाख ५० हजार थप दिए कागज फिर्ता गरिदिने सहमती भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेको र उल्टै गाली बेईजती गरी फर्काइ दिएको सीताले रुदै सुनाइन ।
क्षेत्री दम्पतीले न्यायका लागी जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३ दिन अघि निवेदन पनि दिएका छन् । जिल्ला प्रशासन कार्यालयले सोही दिन सक्कलै निवेदनसहित राजविराज नगरपालिकाको न्यायिक समितीलाई पत्राचार गरी उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको पीडित क्षेत्री दम्पती बताउँछन ।
यसैबीच सोमबार नै ओमप्रकाशको उजुरी उपर सक्रियता देखाउँदै प्रहरीले प्रभु साहलाई झिकाएर आवश्यक सोधपुछ गरेको छ । पीडित ओमप्रकाशका अनुसार छलफलमा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले दुई दिनभित्र उक्त समस्याको समाधान गर्न साहलाई सचेत गराएका छन् ।
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
सारांश
- ती दम्पतीले सोमवार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सो आग्रह गरेका हुन् ।
- राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओमप्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी संचारकर्मीसँग आग्रह गरे ।
- आफुहरुले लिएको ऋण तेब्बर ब्याजसहित चुक्ता गर्दा समेत ऋण लिदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दवाव दिदै आएको उनीहरुको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया