दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
कोरोना संक्रमणबाट सप्तरीका एक महिला र एक पुरुषको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेकी छिन् । उनको बुधबार पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र बिराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
यस्तै बिहीबारै राजविराज नगरपालिका वडा नं. ८ का एक ६५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कात्तिक १५ गते पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको ती पुरुष सोही दिन विपि कोइराला विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणबाट सप्तरीका दुई जनाको मृत्यु
सारांश
- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- उनका अनुसार मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेकी छिन् ।
- उनको बुधबार पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया