वन कार्यालयको टेण्डरमा “सेटिङ” !

राजविराज राजविराज
|
सोमबार, माघ १२, २०७७
|
|
३२ पटक हेरिएको
Shares
वन कार्यालयको टेण्डरमा “सेटिङ” !

सारांश

  •     टेण्डर फारम दर्ता गर्ने अन्तिम दिन सोमबार लक्ष्मी निर्माण सेवा सप्तरीका प्रतिनिधि जिवछ साहलगायत दुई÷तीन जनामाथी अवरोध र दुव्र्यबहार गर्दै वन तथा निर्माण व्यवसायीहरुको एक समूहले उनीहरुको टेण्डर फारम च्यात्नुका साथै हातपात गर्दै फारम बुझाउनबाट बञ्चित गराएका हुन् ।
  •       टेण्डर फारम बुझाउन जाँदा गेटमा रहेका वनरक्षक तथा निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै मुल गेटबाट भित्र प्रवेशमा रोक लगाएको पीडित निर्माण व्यवसायी साहले बताएका छन् ।
  • उनीहरुकै “सेटिङ” मा आफूहरुलाई टेण्डर बुझाउनबाट बञ्चित गराइएको आरोप लगाउँदै पीडित निर्माण व्यवसायी साहले टेण्डर प्रक्रिया नै बदर गर्नुपर्ने माग समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 
    डिभिजन वन कार्यालय सप्तरीमा सोमबार टेण्डर फारम बुझाउन आएकाहरुलाई हातपात र टेण्डर च्यात्दै बुझाउनबाट बञ्चित गराइएको छ । 
    टेण्डर फारम दर्ता गर्ने अन्तिम दिन सोमबार लक्ष्मी निर्माण सेवा सप्तरीका प्रतिनिधि जिवछ साहलगायत दुई÷तीन जनामाथी अवरोध र दुव्र्यबहार गर्दै वन तथा निर्माण व्यवसायीहरुको एक समूहले उनीहरुको टेण्डर फारम च्यात्नुका साथै हातपात गर्दै फारम बुझाउनबाट बञ्चित गराएका हुन् । 
    टेण्डर फारम बुझाउन जाँदा गेटमा रहेका वनरक्षक तथा निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै मुल गेटबाट भित्र प्रवेशमा रोक लगाएको पीडित निर्माण व्यवसायी साहले बताएका छन् । उनीहरुकै “सेटिङ” मा आफूहरुलाई टेण्डर बुझाउनबाट बञ्चित गराइएको आरोप लगाउँदै पीडित निर्माण व्यवसायी साहले टेण्डर प्रक्रिया नै बदर गर्नुपर्ने माग समेत गरेका छन् । 
    १२ बजेसम्म टेण्डर बुझाउने समय रहेपनि ११ बजेर ३० मिनेटमै दर्ता गराउन कार्यालय पुगेको बेला गेटमा रहेका वनरक्षक र निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै प्रवेशमा रोक लगाएको उनको आरोप छ ।
    यता डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले आफू कार्यालय भित्र रहेको र गेट बाहिर केही निर्माण व्यवसायीहरु एकआपसमा विवाद गरेको मात्र आफूलाई जानकारी भएको बताउँदै टेण्डर प्रक्रियामा वनको तर्फबाट कुनै “सेटिङ” र अवरोध नरहेको दाबी समेत गरेका छन् । 
    डिभिजन वन कार्यालय सप्तरीले कञ्चनरुप नगरपालिकास्थित सवडिभिजन वन कार्यालयको भवन निर्माणका लागि ४२ लाखको लागतमा ४ कोठे भवनका लागि टेण्डर आह्वान गरेको थियो । उक्त भवन निर्माण कार्यका लागि २७ वटा टेण्डर बिक्रि भएकोमा निर्धारित समयभित्र ३ जनाले मात्र बुझाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ