दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठले आफ्ना शेयर सदस्यहरुका लागि उपचारमा राहत कोषको सुरुवात गरेको छ ।
एक दशकदेखी समयअनुकुल आफ्ना ग्राहकहरुका लागि संस्थाले विभिन्न नयाँ नयाँ योजना ल्याएर लाभान्वित गर्दै आएको छ ।
यसै क्रममा संस्थाले शेयर सदस्यहरुका लागि उपचारमा राहत दिने उद्देश्यले सुरक्षण कोषको सुरुवात गरेको हो । सोही कोषबाट संस्थाले आइतबार शेयर सदस्य बिजय कुमार गुप्तालाई आँखा उपचारमा लागेको खर्च मध्ये राहत स्वरूप पाँच हजार नगद सहयोग गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् । उनले हालसम्म सुरक्षण कोषबाट १० जना शेयर सदस्यहरु लाभान्वित भएको जानकारी समेत दिए ।
संस्थाले हाललाई शेयर सदस्यहरुकालागि दुर्घटना बिमा समेत लागु गरेको छ । अध्यक्ष मण्डलका अनुसार कुनै पनि शेयर सदस्य दुर्घटनामा परे संस्थाले २५ हजारसम्मको दुर्घटना बिमा बेहोर्ने तथा दुर्घटनामा मृत्यु भएको खण्डमा एक लाख शेयर सदस्यका परिवारजनलाई प्रदान गर्ने बताए ।
संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सदस्य समृद्धि योजना, सबल किसान योजना, बाल बचत योजना, एम्बुलेन्स सेवा लगायतका कार्यहरु संचालन गर्दै आएको छ । यसअघि संस्थाले आजको रिक्सा चालक भोलीको मालिक भन्ने कार्यक्रम संचालन गरेपछि जिल्लाका अधिकांश रिक्सा चालकहरु मालिक बनेका थिए ।
जनज्योतीद्वारा शेयर सदस्यका लागि उपचारमा राहत कोषको सुरुवात
सारांश
- एक दशकदेखी समयअनुकुल आफ्ना ग्राहकहरुका लागि संस्थाले विभिन्न नयाँ नयाँ योजना ल्याएर लाभान्वित गर्दै आएको छ ।
- यसै क्रममा संस्थाले शेयर सदस्यहरुका लागि उपचारमा राहत दिने उद्देश्यले सुरक्षण कोषको सुरुवात गरेको हो ।
- सोही कोषबाट संस्थाले आइतबार शेयर सदस्य बिजय कुमार गुप्तालाई आँखा उपचारमा लागेको खर्च मध्ये राहत स्वरूप पाँच हजार नगद सहयोग गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया