प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि गाजा र चौकीदारलाई सार्वजनिक गरिएको हो ।
  •     पक्राउ परेका चौकीदार ६६ वर्षिय रामनारायण यादव भारत बिहार राज्यको मधुवनी जिल्लाको कुलदौरा ग्रामपंचायत वडा नं.
  • १० छातापुर टोलका बासिन्दा हुन् ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 

    राजविराजस्थित एक गोदामबाट ठूलो परिमाणमा बरामद प्रतिबन्धित लागु औषध गाजा र पक्राउ परेका चौकीदारलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि गाजा र चौकीदारलाई सार्वजनिक गरिएको हो ।
    पक्राउ परेका चौकीदार ६६ वर्षिय रामनारायण यादव भारत बिहार राज्यको मधुवनी जिल्लाको कुलदौरा ग्रामपंचायत वडा नं. १० छातापुर टोलका बासिन्दा हुन् । 
    प्रहरीले उक्त गोदामबाट ८० वडा प्लास्टिकको प्याकेटभित्र राखिएको २ हजार ४ सय ५१ किलो गाजा, कपडा, सेनिटरी प्याड, चिनी, सूर्ती, हार्डवेयर लगायतका सरसामान बरामद गरेको थियो । 
    यस्तै गोदाम बाहिर एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको ४२ लाख मुल्य बराबरको १ सय ४२ कार्टुन स्याउ समेत नियन्त्रणमा लिई दुबै ट्रक र चालकसहित राजविराज भन्सार कार्यालय चलान गरिएको थियो ।   
    गोदाम घरमा प्रतिबन्धित लागु औषध गाजा तथा अन्य अवैध मालसामान राखिएको गोप्य सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको सुरक्षानिकायका प्रमुखसहितको टोलीले छापा मारेको थियो ।  
    सोही पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजविराज ९ मलेठस्थित रहेको गोदामको जग्गा राजनारायण साहको नाममा रहेको बताए । उक्त गोदाम कसैले भाडामा लिई तस्करी धन्दा चलाउने गरेको जानकारी आएपनि यसबारे अनुसन्धनपछी मात्र सत्यतथ्य सार्वजनिक गरिने उनले बताए । श्रोतका अनुसार उक्त गोदाम राजविराजका रोशन भनिने राजेश कुमार यादवले भाडामा लिएका थिए । पक्राउ परेका चौकीदार रोशनका बुढा ससुरा हुन् । 
    प्रहरीले गोदाम भाडामा लिइएको भनिएका रोशनको खोजि कार्य भइरहेको तथा जग्गाधनी साहसँग समेत गोदाम भाडा लगायतका विषयमा सोधपुछ गरि अनुसन्धान अघि बढाइने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा