दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दल काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत गरेको आरोप लगाएका छन् ।
जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तरगत बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिकाको परसाहीमा क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।
देशमा ३५ वर्ष भन्दा बढी शासन गरेका काँग्रेस र कम्युनिष्टले मुलुकलाई काण्डै काण्डमा फसाएर बर्बाद पारेको उनले दोषारोपण समेत गरे ।
मुलुकमा नाम चलेका सबै उद्योगधन्दा र कलकारखानाहरु बन्द हुनु यसको एउटा उदाहरण भएको बताउँदै अध्यक्ष यादवले संवैधानिक नियुक्तिदेखी विभिन्न विश्वविद्यालयहरुमा भएको नियुक्तिमा कमिशन र खरीद बिक्रिको खेल चलेको दाबीका साथ उनले भुटानी शरणार्थी, वाइडबडी, सहकारी, एनसेल, ललिता निवास लगायतका ठूला काण्ड गर्नमा काँग्रेस कम्युनिष्ट नेतृत्व सरकारकै हात रहेको जिकिर गरे ।
वर्तमान सरकार जनताका लागि काम गर्न नभई आफूले गरेका भ्रष्टाचार लुकाउन बनेको जिकिरका साथ उनले दुई ठूला दल मिलेर सरकार बनाएको उदाहरण विश्वमा कतै नरहेको बताए । सप्तरी निर्वाचन क्षेत्र नं. ३ का अध्यक्ष कमलदेव यादवको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साह, पूर्व प्रदेशसांसद विदेश्वर प्रसाद यादव, केन्द्रिय सदस्य भिमराज यादव, जिल्ला अध्यक्ष केदार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव लगायतले पनि पार्टी सुदृढीकरणको बारे आ–आफ्नो धारणा राखेका थिए ।
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
सारांश
- जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तरगत बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिकाको परसाहीमा क्षेत्र नं.
- २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।
- देशमा ३५ वर्ष भन्दा बढी शासन गरेका काँग्रेस र कम्युनिष्टले मुलुकलाई काण्डै काण्डमा फसाएर बर्बाद पारेको उनले दोषारोपण समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया