दैनिक समाचारदाता
राजविराज ११ माघ ।
सप्तरीका १८ वटै पालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलहरुले समयमै निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै बुधवार निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइएका छन् ।
जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको प्रतिनीधी मण्डलले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिन भित्र खर्च विवरण बुझाउनु पर्ने आयोगको नियम रहेको र सो नबुझाए ६ वर्ष सम्म उम्मेदवार हुन नपाउने, उम्मेदवार भएपनि उम्मेदवारी रद हुन सक्ने लगायतको प्रावधान रहेको छ ।
निर्वाचन आयोग ऐन २०६३ को दफा २५ मा गरिएको यस्तो व्यवस्थाले समय मै खर्च विवरण नबुझाउँदा हुने जरिवानाले राजनितीक दलकै चरित्रमाथी आँच आउने भन्दै उक्त जरिवाना मिनाह गर्न माग गरिएको छ ।
९ नगरपालिका तथा ९ गाउपालिकाका प्रमुखहरु सहित विभिन्न राजनितीक दलका प्रतिनीधीहरुद्वारा हस्ताक्षर गरिएको उक्त ज्ञापन पत्रमा जरिवाना रकम मिनाह नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझाउन जिल्लाका १८ वटै पालिकाका प्रमुखका साथै नेपाली काँग्रेसका राम कुमार यादव, माओवादी केन्द्रका विनोद यादव, एमालेका देवनाथ यादव, राष्टिय स्वतन्त्र पार्टीका प्रमोद शाह राना,जसपाका शम्भु कुमार यादव, जनमत पार्टीका संजय कुमार यादव लगायतका टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उक्त टोली ज्ञापनपत्रको बोद्यार्थ लिएर जिल्ला निर्वाचन कार्यालय समेत पुगेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै आवश्यक कार्याथ निर्वाचन आयोगको कार्यालय काठमाडौमा पठाई दिने प्रतिबद्धता जनाएका थिए ।
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
सारांश
- जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको प्रतिनीधी मण्डलले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
- निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिन भित्र खर्च विवरण बुझाउनु पर्ने आयोगको नियम रहेको र सो नबुझाए ६ वर्ष सम्म उम्मेदवार हुन नपाउने, उम्मेदवार भएपनि उम्मेदवारी रद हुन सक्ने लगायतको प्रावधान रहेको छ ।
- निर्वाचन आयोग ऐन २०६३ को दफा २५ मा गरिएको यस्तो व्यवस्थाले समय मै खर्च विवरण नबुझाउँदा हुने जरिवानाले राजनितीक दलकै चरित्रमाथी आँच आउने भन्दै उक्त जरिवाना मिनाह गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया