राजविराज/सप्तरीमा आइतबारदेखी सवारीसाधान संचालनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा शनिबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
दिनानुदिन कोरोनाको जोखिम बढ्दै गइरहेको अवस्थामा बजारमा भिडभाड नियन्त्रण गर्ने उद्देश्यले सो प्रणाली लागु गर्न लागिएको जनाइएको छ ।
सम्पन्न बैठकले अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय समेत गरेको हो ।
यस्तै बढी भीडभाड हुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने तथा राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरिएको छ ।
यसैगरि गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा रहेको आइसोलेशन केन्द्र तीन दिनभित्र सञ्चालनमा ल्याउनका लागि अस्पताल प्रमुखलाई जिम्मेवारी तथा आइसोलेसनको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले गर्ने निर्णय गरिएको छ ।
जिल्लामा दैनिक कोरोना संक्रमित थपिदै गएपछि स्थानिय प्रशासनले बिस्तारै बिस्तारै बिभिन्न क्षेत्रमा पुन: कडाई सुरु गरेको छ ।
यसअघि सभा, सम्मेलन, गोष्ठी लगायतका गतिविधीमा रोक लगाएको स्थानिय प्रशासनले शनिबार थप चार बुँदे निर्णय गरि थप क्षेत्रमा समेत कडाई गरेको हो ।
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
सारांश
- सम्पन्न बैठकले अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय समेत गरेको हो ।
- यस्तै बढी भीडभाड हुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने तथा राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरिएको छ ।
- यसैगरि गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा रहेको आइसोलेशन केन्द्र तीन दिनभित्र सञ्चालनमा ल्याउनका लागि अस्पताल प्रमुखलाई जिम्मेवारी तथा आइसोलेसनको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले गर्ने निर्णय गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया