देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
२० पटक हेरिएको
Shares
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव

सारांश

  •     राजनीतिज्ञ मण्डलले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै फागुन ३ गतेको विरोघ सभामा निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा नगरेको भन्दै निर्वाचन आयोगलाई धमकाउनु ओली भन्दा देउवा निर्वाचनको लागि बढी आतुर रहेको पुष्टी गरेको जनाएका छन् ।
  •       नेपाली काँग्रेसको ईतिहास प्रजातान्त्रिका आन्दोलनको नेतृत्व गर्ने दलमा रही आएको तर विगतमा नेतृत्वबाट भएको अदुरदर्सिताको कारण नेपाली काग्रेसको अहिले यस्तो अवस्था आएको आरोप समेत उनले लगाए ।
  • देउवा जस्ता व्यक्ति नेपाली काग्रेसको नेतृत्वकर्ता रहेमा सो दलको भविश्य अझै अन्धकार हुने नेपाली काग्रेसका सिद्धान्तनिष्ट नेता कार्यकतालाई उनले विज्ञप्तिमार्फत अनुरोध समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
    बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपाली काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रतिगमनकारीको मतियार नबन्न सुझाव दिएका छन् । 
    राजनीतिज्ञ मण्डलले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै फागुन ३ गतेको विरोघ सभामा निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा नगरेको भन्दै निर्वाचन आयोगलाई धमकाउनु ओली भन्दा देउवा निर्वाचनको लागि बढी आतुर रहेको पुष्टी गरेको जनाएका छन् ।  
    नेपाली काँग्रेसको ईतिहास प्रजातान्त्रिका आन्दोलनको नेतृत्व गर्ने दलमा रही आएको तर विगतमा नेतृत्वबाट भएको अदुरदर्सिताको कारण नेपाली काग्रेसको अहिले यस्तो अवस्था आएको आरोप समेत उनले लगाए । देउवा जस्ता व्यक्ति नेपाली काग्रेसको नेतृत्वकर्ता रहेमा सो दलको भविश्य अझै अन्धकार हुने नेपाली काग्रेसका सिद्धान्तनिष्ट नेता कार्यकतालाई उनले विज्ञप्तिमार्फत अनुरोध समेत गरेका छन् । 
    यसअघि पनि पार्टी भित्रको विवादको कारण असंवैधानीक तरिकाबाट प्रधानमन्त्री ओली संसद विघटन गरेको विरोधमा राजनैतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार जगत लगायत देशका सम्पूर्ण चेतनशिल समाज ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा आवाज उठाई आन्दोलनरत्त रहेको अवस्थामा शेरबहादुर देउवा अदालतलमा मुद्दा विचाराधिन रहेकोले सडकमा नारा जुलुस गरि अदालत माथी दवाव दिननहुने अभिव्यक्ति पटक–पटक दिदै आउनु भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
    विगतलाई स्मरण गराउँदै राजनीतिज्ञ मण्डलले विज्ञप्तिमा भनेका छन्, “पार्टी भित्रका आन्तरिक विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आप्mनो मन्त्रीहरुलाई समेत जानकारी नदिई तत्कालिन राजा ज्ञानेन्द्रको चाहना अनुसार २०५९ जेष्ठ ८ गते राती ११ बजे संसद विघटन गरेको र त्यसलाई सर्वोच्च अदालतद्वारा समेत अनुमोदन गरेपछि राजा महेन्द्र जस्तै राजा ज्ञानेन्द्र प्रत्यक्ष शासन चलाउन सुरु गरेपछि २०६० देखि २०६२ सम्म भएको आन्दोलनद्वारा संसद पुर्नस्थापना गराउनुको साथै राजतन्त्र समाप्तिको बाटो कोरेको थियो ।” 
    देउवाको विचारमा नपरी एक पटक पुनः संसद पुनःस्थापनको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग गरी २००७ साल देखिको आन्दोलनबाट प्राप्त उपलब्धी पुर्णनभए पनि प्राप्त उपलब्धीको रक्षा गर्दै पुनःउपलब्धी प्राप्तीको लागि सचेत र सक्रीय रहन देशबासी सँग उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
एक बालकसहित दुईको मृत्यु 
एक बालकसहित दुईको मृत्यु 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा