दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
आगोबाट जलेर गम्भिर घाइते भएकी एक महिलालाई उपचार खर्च अभावमा अहिले समस्या परेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा झण्डै एक महिनादेखी उपचार गराइरहेकी राजविराज नगरपालिका १० दिघवा टोलकी २५ वर्षिया निरसीदेवी खंगलाई उपचार खर्च बढेपछि उनी समस्यामा परेकी छिन् ।
गत माघ १३ गते चिसो छल्न बालिएको घुर साडीमा सल्केर शरीरको छाती भन्दा मुनीको पुरै भाग जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सो अस्पतालको सर्जिकल विभागमा भर्ना गरिएको थियो ।
हाल सोही अस्पतालमा उपचार लम्बिदै गएपछि खर्च पनि बढेकोले तनावमा परेको पति राजाराम खंगले जानकारी दिए । ऐलानी जग्गामा बसोवास गर्दै आएका खंग दम्पत्तिको एक मात्र सन्तान छन् । उनीहरु दैनिक अर्काको घर र खेतमा काम गरेर जिविकोपार्जन गर्दै आएका थिए । तर, निरसी जलेर गम्भिर घाइते भएका कारण पति उनकै रेखदेखमा खट्ने गरेकाले अहिले रकम अभाव हुँदा उपचार खर्च मात्र नभएर हातमुख जोड्न समेत समस्या भएको छ ।
बढी मुल्य पर्ने औषधीका कारण हालसम्म दैनिक मजदुरी गरेर कमाएको २१ हजार रुँपैया पनि खर्च भइसकेकोले अहिले औषधी किन्ने पैसा समेत नरहेको पति राजारामले जानकारी दिए । पत्नीको उपचारका लागि वडा कार्यालयदेखी टोलका साहु महाजनसम्म सहयोगको याचना गरेपनि कत्तै सहयोग नपाएको राजारामले सुनाए ।
पीडित महिलाकी दिदी सचोदेवीले गरिबी कै कारण बहिनीको उपचारमा समस्या भएको बताउँदै सहयोगको याचना गरेकी छिन् ।
चिकित्सकले बाहिर लगेर थप उपचार गराउन पनि सल्लाह दिएपनि रकमको अभावमा लान नसकिएको उहाँले लाचारी व्यक्त गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरुसँग सहयोगका लागि याचना समेत गरे ।
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
सारांश
- राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा झण्डै एक महिनादेखी उपचार गराइरहेकी राजविराज नगरपालिका १० दिघवा टोलकी २५ वर्षिया निरसीदेवी खंगलाई उपचार खर्च बढेपछि उनी समस्यामा परेकी छिन् ।
- गत माघ १३ गते चिसो छल्न बालिएको घुर साडीमा सल्केर शरीरको छाती भन्दा मुनीको पुरै भाग जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सो अस्पतालको सर्जिकल विभागमा भर्ना गरिएको थियो ।
- हाल सोही अस्पतालमा उपचार लम्बिदै गएपछि खर्च पनि बढेकोले तनावमा परेको पति राजाराम खंगले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया