सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया

सारांश

  •     राजविराजस्थित छिन्नमस्ता अस्पतालमा शुक्रबार ५२ वर्षिया एक महिलाको सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो ।
  •       जनरल सर्जन डा.
  • राजिव मिश्रा, एनेसथेसियोलोजिष्ट डा.

दैनिक समाचारदाता
राजविराज, १९ असार । 
    सप्तरीमा पहिलो पटक स्कोला ल्याप्रोसकोपी (दुरबिन) मार्फत हर्नियाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । 
    राजविराजस्थित छिन्नमस्ता अस्पतालमा शुक्रबार ५२ वर्षिया एक महिलाको सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो । 
    जनरल सर्जन डा. राजिव मिश्रा, एनेसथेसियोलोजिष्ट डा. पारसमणि साह, सहायक विपिन देव सम्मिलित टोलीले सो शल्यक्रिया गरेका हुन् । 
    झण्डै दुई घण्टाको समयअवधीमा पेटमा तीन वटा सानो प्वाल गरि ल्याप्रोसकोपी माध्यमबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको डा. राजिव मिश्राले बताए । 
    राजविराज वडा नं. १५ देउरीभरुवा निवासी ५२ वर्षिया उमा कुमारी यादव विगत तीन÷चार वर्षदेखी हनिर्याले पीडित थिइन् । उनले स्थानिय चिकित्सकहरुको सल्लाह अनुसार नै स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार गराउने निधो गरेपछि शुक्रबार शल्यक्रिया गराएको उनको भाई महेश यादवले बताए । 
    हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि उनी अहिले चिकित्सकको निगरानीमा केही दिन अस्पतालमै रहने अस्पताल व्यवस्थापनले जनाएको छ । 
    यसअघि पनि डा. मिश्रसम्मिलितको टोलीले जिल्लामा विभिन्न जटिल शल्यक्रिया सफलतापूवर्क सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण