प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
८२ पटक हेरिएको
Shares
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित

सारांश

  •     सो अवसरमा आयोजित बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा समाज र देशका लागि योगदान गर्ने सात जनालाई सम्मान गरिएको छ ।
  •       जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैजनाथ झाका अनुसार सम्मानित हुनेहरुमा पूर्वकर्मचारी पुरुषोत्तम मिश्र, मोहनप्रसाद उपाध्याय, लक्ष्मीलाल दास र बेचन ठाकुर छन् ।
  • यस्तै समाजसेवी लत्तर दास, चन्द्रदेवी झा र बिजय सिंह पनि सम्मानित भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 
    जेष्ठ नागरिक जिल्ला संघ सप्तरी र पूर्वकर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा आइतबार कार्यक्रमको आयोजना गरि प्रथम जेष्ठ नागरिक दिवस मनाएका छन् । 
    सो अवसरमा आयोजित बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा समाज र देशका लागि योगदान गर्ने सात जनालाई सम्मान गरिएको छ । 
    जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैजनाथ झाका अनुसार सम्मानित हुनेहरुमा पूर्वकर्मचारी पुरुषोत्तम मिश्र, मोहनप्रसाद उपाध्याय, लक्ष्मीलाल दास र बेचन ठाकुर छन् । यस्तै समाजसेवी लत्तर दास, चन्द्रदेवी झा र बिजय सिंह पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा ८१ वर्षदेखी १ सय २ वर्षसम्मका जेष्ठ नागरिक छन् । उनीहरुलाई प्रमुखअतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दोसल्ला ओढाई सम्मान गरे । 
    जेष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा आयोजि कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, जेष्ठ नागरिक संघ प्रदेश २ समन्वय समितिका संयोजक शंकर सारदा, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष सुगम्बर यादव, समुदायिक सेवा प्रहरी मञ्चका अध्यक्ष हितनारायण लाल दास, पूर्वप्रधानाध्यापक बच्ची मिश्रा लगायतले शुभकामना दिँदै जेष्ठ नागरिकहरु समाजमा जिउँदा इतिहास रहेकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै कुरा सिक्नु पर्ने आवश्यकता माथी जोड दिए । 
    जेष्ठ नागरिकप्रति उच्च सम्मान व्यक्त गर्न सरकारले यसै वर्षदेखी पुस ११ का दिन विविधि कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु