महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र

राजविराज राजविराज
|
बुधबार, माघ २२, २०७६
|
|
४६ पटक हेरिएको
Shares
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई ज्ञापन पत्र बुझाईएको हो ।
  •       गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको न्यायिक समिति बनाउँदा समावेशी नबनाएको, महादेवा गापा वडा नं.
  • ४ का वडा सचिव, वडा नं.

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    सप्तरीको महादेवा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई नेकपाका कार्यकर्ताहरुले कार्यवाहीका लागी ज्ञापन पत्र बुझाएका छन ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई ज्ञापन पत्र बुझाईएको हो । 
    गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको न्यायिक समिति बनाउँदा समावेशी नबनाएको, महादेवा गापा वडा नं. ४ का वडा सचिव, वडा नं. ६ का वडा सचिवले सवारी साधन दुरुपयोग गरेको भन्दै कार्यवाहीको लागी ज्ञापनपत्रमा उल्लेख छ ।
    यसैगरी आ.व. २०७३÷०७४ गाविसका बाँकी रहेको रकम कुन शीर्षकमा खर्च गरेको हर हिसाव सार्वजनिक गर्नुपर्ने, आ.व. ०७४÷०७५ र ०७५÷०७६ अडिट रिपोर्ट र मलेप सार्वजनिक गर्नुपर्ने माँग गरिएको छ ।
    त्यस्तै आ.व. २०७४÷०७५ र ०७५÷०७६ को सामाजिक सुरक्षा भत्ताको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सवारी साधनको संख्या खरिद विवरण रेकर्ड प्रतिवेदन, गा.पा. अन्तर्गत करार कर्मचारीहरुको संख्या नाम सहित विवरण सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
    गैर सरकारी संघ संस्थाहरुले गा.पा.मा गरेको कामको सम्पूर्ण रेकर्ड प्रतिवेदन, सार्वजनिक पोखरीहरुको संख्या सहित राजस्व सहित जम्मा रेकर्ड प्रतिवेदन माँग गरिएको छ । नेपालको संविधानमा प्रत्येक नागरिकले सूचना पाउनुपर्ने नियमलाई गा.पा.मा ठाडो उलंघन भईरहेकोले त्यस प्रति सम्बन्धित निकायको ध्यान पुर्याउनु पर्ने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई नेकपाका नेता बासुदेव यादव, दिपेन्द्र माझी, राजाराम यादव, देवराम यादव, रामनारायण सरदार र मो. डोमनले ११ बुदे ज्ञापन पत्र बुझाएका हुन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीमा हजारौं प्रवेश
समाजवादी पार्टीमा हजारौं प्रवेश
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
लागूऔषधसहित तीन पक्राउ
लागूऔषधसहित तीन पक्राउ
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ