दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा राती ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालबाहक ट्रकले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णपुर गाउँपालिका १ बाजिदपुरका ३५ वर्षिय राजकुमार खत्वे मण्डललाई उपचारका लागि युनिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
यता ठक्कर दिई भागेका ट्रकका चालक बिराटनगर उपमहानगरपालिका ६ निवासी तथा ट्रकलाई पनि घटनास्थल भन्दा ४ किलोमिटर टाढाँ महुली क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै ठक्कर दिने गाडीको नम्बर तथा चालकको नाम खुलाएको छैन् । वाक्लो हुस्सुकाबीच तिब्र गतिमा गाडी चलाउँदा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।
यसअघि दुर्घटनाको खबर पाएलगत्तै प्रहरीले घटनास्थलदेखी भारदहसम्म सडकमा गुडिरहेका गाडी रोकेर चेकजाच गर्दा ठक्कर दिने गाडीको चक्कामा लागेको रगतको आधारमा गाडीको पहिचान भएको थियो । गाडीका चालकले ठक्कर दिएको कुरा स्विकार समेत गरेको डिएसपी साहले जानकारी दिए ।
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
सारांश
- पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा राती ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालबाहक ट्रकले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
- ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णपुर गाउँपालिका १ बाजिदपुरका ३५ वर्षिय राजकुमार खत्वे मण्डललाई उपचारका लागि युनिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
- यता ठक्कर दिई भागेका ट्रकका चालक बिराटनगर उपमहानगरपालिका ६ निवासी तथा ट्रकलाई पनि घटनास्थल भन्दा ४ किलोमिटर टाढाँ महुली क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया