दैनिक समाचारदाता
राजविराज, २ असार ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघ सप्तरी क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला यादव चुनिएकी छिन । लिला यस अघि पनि उक्त क्षेत्रको अध्यक्ष थिइन ।
संघको सोमवार साँझ सम्म चलेको चौथो संसदीय क्षेत्रिय अधिवेशनको बन्द सत्रले लिलाको नेतृत्वमा २७ सदस्यीय निर्विरोध नयाँ कार्य समिती चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ ।
यस अघि लिला कै अध्यक्षतामा भएको अधिवेशन उदघाटन समाहरोमा प्रमुख अतिथी नेपाली काँग्रेस मधेश प्रदेशकी सहमहामन्त्री विन्दु कुमारी यादव, पुर्व प्रदेश साँसद गिता यादव, जिल्ला उपसभापती राम कुमार यादव, सचिव सनत मण्डल, मधेश प्रदेश समिती सदस्य प्रभात कुमार ललन, नितु झा, क्षेत्रीय सभापती महेन्द्र यादव, राजविराज नगर समितिका उपसभापती अनिल यादव, नगर सदस्य रमानन्द देव, नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको अघिल्लो चुनावमा उपमेयर पदका प्रत्यासी सुशीला यादव, महिला नेतृ ज्ञानु भट्टराई, शान्ति चौधरी, मालती चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज माझी लगायतले शुभकामना दिएका थिए ।
निर्विरोध चयन भएपछी संचारकर्मीहरु सीत कुरा गर्दै अध्यक्ष लीलाले अघिल्लो कार्यकालको अनुभवको प्रयोग गर्दै महिला संघलाई अझ बलियो बनाउने योजना रहेको प्रतिक्रिया दिईन ।
यस अघि सप्तरीको प्रदेश सभा २ को “क”मा नितु झा, प्रदेश सभा २ को “ख”मा प्रदेश साँसद निलम रजक तथा राजविराज नगर समितिमा देवरानी दासको नेतृत्वमा २७ सदस्यीय निविरोध नया कार्यसमिती गठन गरिसकिएको छ ।
महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
सारांश
- संघको सोमवार साँझ सम्म चलेको चौथो संसदीय क्षेत्रिय अधिवेशनको बन्द सत्रले लिलाको नेतृत्वमा २७ सदस्यीय निर्विरोध नयाँ कार्य समिती चयन गरेको हो ।
- नवनिर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ ।
- यस अघि लिला कै अध्यक्षतामा भएको अधिवेशन उदघाटन समाहरोमा प्रमुख अतिथी नेपाली काँग्रेस मधेश प्रदेशकी सहमहामन्त्री विन्दु कुमारी यादव, पुर्व प्रदेश साँसद गिता यादव, जिल्ला उपसभापती राम कुमार यादव, सचिव सनत मण्डल, मधेश प्रदेश समिती सदस्य प्रभात कुमार ललन, नितु झा, क्षेत्रीय सभापती महेन्द्र यादव, राजविराज नगर समितिका उपसभापती अनिल यादव, नगर सदस्य रमानन्द देव, नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको अघिल्लो चुनावमा उपमेयर पदका प्रत्यासी सुशीला यादव, महिला नेतृ ज्ञानु भट्टराई, शान्ति चौधरी, मालती चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज माझी लगायतले शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया