दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजविराजमा संचालित राष्ट्रिय महिला कबड्ी प्रतियोगितामा नेपाल पुलिसले प्रथम स्थान हासिल गरेको छ ।
मंगलबार सम्पन्न फइनल खेलमा नेपाल पुलिसले एपिएफलाई २१ का बिरुद्ध २४ अंकको अन्तरले हराउँदै प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बिजेता टिम नेपाल पुलिसले नगद १ लाख १ हजारसँगै ट्रफी र प्रमाणपत्र तथा उपबिजेता एपिएफ टिमले नगद ५१ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने नेपाली सेना र लुम्बिनी प्रदेशले जनही २५÷२५ हजार नगदसहित मेडल र कदरपत्र प्राप्त गरे ।
जिल्ला कबड्ी संघ सप्तरीको आयोजना, अखिल नेपाल कबड्ी संघको समन्वय तथा राजविराज नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सहयोगमा बैशाख २९ देखी सुरु भएको प्रतियोगितामा नेपाली सेना र लुम्बिनी प्रदेश तेश्रो स्थान प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश तथा तीन विभागिय टोली गरि कुल ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समाप्तीपछि जिल्ला कबड्ी संघका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, अखिल नेपाल कबड्ी संघका महासचिव अरबिन्द झा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिता समापनका अवसरमा पत्रकार महासंघ सप्तरी र आयोजक समितिबीच भएको मैत्रीपूर्ण कबड्ी प्रतियोगिता बराबरीमा टुंिगएको छ । पत्रकार महासंघ र आयोजक समिति दुबै टिमको निर्धारित समयसम्म ९÷९ अंकमा हुँदा खेल बराबरीमा सकिएको जिल्ला कबड्ी संघले जनाएको छ ।
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
सारांश
- मंगलबार सम्पन्न फइनल खेलमा नेपाल पुलिसले एपिएफलाई २१ का बिरुद्ध २४ अंकको अन्तरले हराउँदै प्रथम स्थान हासिल गरेको हो ।
- प्रतियोगितामा बिजेता टिम नेपाल पुलिसले नगद १ लाख १ हजारसँगै ट्रफी र प्रमाणपत्र तथा उपबिजेता एपिएफ टिमले नगद ५१ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने नेपाली सेना र लुम्बिनी प्रदेशले जनही २५÷२५ हजार नगदसहित मेडल र कदरपत्र प्राप्त गरे ।
- जिल्ला कबड्ी संघ सप्तरीको आयोजना, अखिल नेपाल कबड्ी संघको समन्वय तथा राजविराज नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सहयोगमा बैशाख २९ देखी सुरु भएको प्रतियोगितामा नेपाली सेना र लुम्बिनी प्रदेश तेश्रो स्थान प्राप्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया