लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव

राजविराज राजविराज
|
शनिबार, मंसिर १, २०८१
|
|
३९ पटक हेरिएको
Shares
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव

सारांश

  •     कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा.
  • शिला मिश्रले साँस्कृतिक संरक्षण र दहेज, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजोलगायतका सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन, सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले लागूऔषध दुव्र्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवाः सञ्चार र सामाजिक सञ्जाल, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन र प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था, डा.
  • सुरेश चौधरी विप विपद समस्या र चुनौती, डा दिपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारे आ–आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

    राजविराज÷मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले भविष्यका कर्णधार मानिने विद्यार्थीहरु लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहनु पर्ने सुझाव दिएका छन् । 
    मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धि सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । 
    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यस्ता कुलतबाट टाढा रहेर सकारात्मक दिशामा अगाडि बढन आग्रह गरे । उनले सभ्य समाज निर्माणका लागि लागूऔषध र कुलतको जोखिमबाट हुने अपराध न्यूनीकरणका लागि सामाजिक स्तरबाटै अघि बढ्नु पर्ने समेत बताए ।
    कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले साँस्कृतिक संरक्षण र दहेज, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजोलगायतका सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन, सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले लागूऔषध दुव्र्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवाः सञ्चार र सामाजिक सञ्जाल, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन र प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था, डा. सुरेश चौधरी विप विपद समस्या र चुनौती, डा दिपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारे आ–आफ्नो प्रस्तुतिकरण राखेका थिए । 
    आयोजित कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णाप्रसाद ढकाल, गृह, सञ्चर तथा कानून मन्त्रालयमा सचिव उद्धव प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला लगायतका स्थानीय जनप्रतिनिधि, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा कक्षा ११ र १२ मा अध्यनरत छात्रछात्राहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा