दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुङ्गा नगरपालिकालाई पराजित गरेको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा खड्कले सुरुङ्गालाई ४ बिकेटले पराजित गरेको हो ।
टस जिती पहिलो ब्याटिंग गरेको सुरुङ्गाले १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेको थियो । सुरुङ्गाकी गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रन बनाएकी थिइन् । यस्तै बलिंगतर्फ खडककी सुस्मीता चौधरीले ३ तथा पुजा चौधरी र कृति चौधरीले २÷२ बिकेट लिएकी थिइन् ।
प्रतिउत्तरमा ७३ रनको लक्ष्य प्राप्त गर्न मैदानमा ओर्लेको खडकले अन्तिम ओभरको अन्तिम बलमा भेटाएको थियो । जसमा भोलावत्ति चौधरीले २० बलमा ६ चौक्काको मद्दतले नटआउट ३४ रन र अन्जली चौधरीले १६ रनको योगदान दिएकी थिइन् । बलिंगतर्फ सुरुङ्गाकी मोनिका चौधरी र गिता चौधरीले ३÷३ बिकेट लिएकी थिइन् ।
यता खडककी भोलावत्ति चौधरीलाई सम्पन्न खेलको म्यान अफ द म्याच स्वरुप नगद तथा पुरस्कार प्रदान गरिएको छ । यस्तै बिजयी खेलाडीलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी बितरण गरेका थिए ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लाको महिला क्रिकेटलाई उकास्न खडक नगरपालिका तथा सुरुङ्गा नगरपालिकाका किशोरीहरुलाई प्रशिक्षण गराएका थिए । जसमा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले समेत प्रशिक्षण दिएका थिए भने अन्तराष्ट्रिय खेलाडी महवुव आलम र धर्मेन्द्र चौधरीले प्रशिक्षण प्रदान गरिरहेका छन् ।
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी
सारांश
- सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा खड्कले सुरुङ्गालाई ४ बिकेटले पराजित गरेको हो ।
- टस जिती पहिलो ब्याटिंग गरेको सुरुङ्गाले १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेको थियो ।
- सुरुङ्गाकी गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रन बनाएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया