मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान

सारांश

  •     यसरी डरलाग्दो रुपमा बढीहरेको आत्महत्याको घटना न्युनिकरण तथा बेलैमा ध्यान दिनु पर्ने आवश्यक्ता समेत औल्याइएको छ ।
  • राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरद्वारा राजविराजमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक तथ्याङ्क अनुसार आत्महत्याबाट आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।

    मधेश प्रदेशमा आत्महत्या घटनाको ग्राफ तीब्र रुपमा बढदै गएको छ । एक वर्ष यता मात्रै १ हजार २ सय २२ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन । चार वर्षको अवधिमा भने आत्महत्याबाट ज्यान गुमाउने संख्या ४ हजार ५ सय ८९ पुगेको छ । 
    यसरी डरलाग्दो रुपमा बढीहरेको आत्महत्याको घटना न्युनिकरण तथा बेलैमा ध्यान दिनु पर्ने आवश्यक्ता समेत औल्याइएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरद्वारा राजविराजमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक तथ्याङ्क अनुसार आत्महत्याबाट आ.ब.२०७८÷०७९ मा १ हजार १८ आ.ब.७९÷०८० मा १ हजार ६९ आ.ब.०८०÷०८१ मा १ हजार २ सय ८० आ.ब ०८१÷०८२ मा १ हजार २ सय २२ गरी ४ वर्षे अवधीमा ४ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन । जसमा महिलाको संख्या अत्यधिक छ । 
    आत्महत्याका क्रममा विषादी सेवन, झुण्डिएर, आगो लगाएर, पानीमा हामफालेर लगायतका विधी प्रयोग गरिएको पाइएको बताइएको छ । आत्महत्याको दर बढ्ने क्रम जारी रहँदा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन । आर्थिक समस्या देखी प्रेम सम्बन्ध, पारिवारिक कलह, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका विविध कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक र अधिकारकर्मीहरुको भनाई छ । 
    समाजिक, आर्थिक, पारिवारीक र मानसिक हिसाबले सम्पन्न र स्वस्थ न हुदा आत्महत्याका घटना बढने गरेको डा.काली प्रसाद यादवको भनाइ छ । आफ्नो अवस्था प्रति पनि निराशा बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेको संख्या पनि अत्यधिक रहेको महिला अधिकारकर्मी एवम् मधेशी आयोगकी सदस्य आभा सेतु सिंहको भनाई छ । 
    “समय मै परिवारका सदस्यले वा नजिकका साथी÷भाईले त्यस्ता ब्यक्तीको संकेत बुझेर गम्भिर पहल गर्ने हो भने धेरै हदसम्म आत्महत्याका घट्ना टार्न सकिन्छ, उनले भनिन–यस तर्फ पनि सचेतना आवश्यक्त भएको छ । आत्महत्याका घटना बढदै गएपछि यसको न्यूनीकरणका लागी प्रहरीले समय समयमा सचेतना अभियान चलाए पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुःखद भएको मनोचिकित्सकहरु बताउँछन । यसका लागी सरोकारवाला सबै निकाय मिलेर काम गर्नू आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?