राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, पौष २७, २०७७
|
|
३९ पटक हेरिएको
Shares
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन

सारांश

  •     २०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गरेको छ ।
  • सो कार्यक्रममा स्व.
  • पृथ्वी नारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
    राजावादी तथा हिन्दु राष्ट्र समर्थकहरुले पृथ्वी जयन्तिको अवसर पारेर सोमबार राजविराजमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । 
    २०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गरेको छ । सो कार्यक्रममा स्व. पृथ्वी नारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरिएको छ । 

    उक्त संगठनका अध्यक्ष किशोरी महतोले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेको भन्दै निकासका लागि राजतन्त्र पुर्नस्थापना र हिन्दु राष्ट्र कायम गर्नु आवश्यक रहेको बताए । स्थानिय राजरंगशालाबाट निस्केको जुलुसमा गाउँगाउँबाट ठूलो संख्यामा सहभागिहरु आएका थिए । 
    त्यस्तै सोमबारै नरसिंह हिन्दु सेना नेपाल सप्तरीले स्व. पृथ्वी नारायण शाहको मूर्ती र बाजागाजासहित राजविराज नगर परिक्रमा गरेको छ । 
    यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय निर्माता पृथ्वी नारायण शाह, हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा लगाउँदै मोटरसाइकल ¥याली निकालेका थिए । 
    गत पुस १४ गते राजविराजमा राजापक्षधर मानिएका सप्तरी समाज नामक संगठनले प्रदर्शनको आयोजना गर्न लाग्दा स्थानिय संयुक्त विद्यार्थी संगठनले उनीहरुको ब्यानरमा आगो लगाई कार्यक्रम बिथोलिदिएकोमा सोमबार भने कसैले पनि अवरुद्ध पु¥याएनन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?