राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, पौष २७, २०७७
|
|
६४ पटक हेरिएको
Shares
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन

सारांश

  •     २०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गरेको छ ।
  • सो कार्यक्रममा स्व.
  • पृथ्वी नारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
    राजावादी तथा हिन्दु राष्ट्र समर्थकहरुले पृथ्वी जयन्तिको अवसर पारेर सोमबार राजविराजमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । 
    २०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गरेको छ । सो कार्यक्रममा स्व. पृथ्वी नारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरिएको छ । 


    उक्त संगठनका अध्यक्ष किशोरी महतोले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेको भन्दै निकासका लागि राजतन्त्र पुर्नस्थापना र हिन्दु राष्ट्र कायम गर्नु आवश्यक रहेको बताए । स्थानिय राजरंगशालाबाट निस्केको जुलुसमा गाउँगाउँबाट ठूलो संख्यामा सहभागिहरु आएका थिए । 
    त्यस्तै सोमबारै नरसिंह हिन्दु सेना नेपाल सप्तरीले स्व. पृथ्वी नारायण शाहको मूर्ती र बाजागाजासहित राजविराज नगर परिक्रमा गरेको छ । 
    यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय निर्माता पृथ्वी नारायण शाह, हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा लगाउँदै मोटरसाइकल ¥याली निकालेका थिए । 
    गत पुस १४ गते राजविराजमा राजापक्षधर मानिएका सप्तरी समाज नामक संगठनले प्रदर्शनको आयोजना गर्न लाग्दा स्थानिय संयुक्त विद्यार्थी संगठनले उनीहरुको ब्यानरमा आगो लगाई कार्यक्रम बिथोलिदिएकोमा सोमबार भने कसैले पनि अवरुद्ध पु¥याएनन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी