दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरपालिकाको कार्यालयले चीनबाट फैलिइएको नोभेल कोरोना भाइरसका कारण असर पर्ने भएकोले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा बिहीबार जारि सूचनामा सो अनुरोध गर्दै सामुहिक कार्यक्रम, भोजभतेर, पर्व समेत नगर्न नमनाउन आग्रह समेत गरिएको छ ।
जारि सूचनामा नोभेल कोरोना भाइरसले सामान्य रुघाखोकीदेखी गम्भिर प्रकारको तिब्र स्वासप्रस्वास संक्रमणसम्म गराउन सक्ने हुनाले सतर्कता अपनाउन अपिल गरिएको हो ।
सो सूचनामा प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, १ सय ४ डिग्रि माथी ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा र स्वाशप्रस्वासमा अत्याधिक समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै कोरोना भाइरसबाट बच्न र बचाउन नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग टाढा रहने, जंगली तथा घरपालुवा, पशुपंक्षिसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने र मास्क तथा पन्जाको प्रयोग गर्न सल्लाह दिइएको छ ।
चीनको हुवान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको यो भाइरस पशुहरुबाट मानिसमा प्रसार भई हाल मानिसबाट मानिसमा संक्रमण फैलिदै गएको र ७० वटा देशहरु यसबाट प्रभावित भइसकेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
सारांश
- नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा बिहीबार जारि सूचनामा सो अनुरोध गर्दै सामुहिक कार्यक्रम, भोजभतेर, पर्व समेत नगर्न नमनाउन आग्रह समेत गरिएको छ ।
- जारि सूचनामा नोभेल कोरोना भाइरसले सामान्य रुघाखोकीदेखी गम्भिर प्रकारको तिब्र स्वासप्रस्वास संक्रमणसम्म गराउन सक्ने हुनाले सतर्कता अपनाउन अपिल गरिएको हो ।
- सो सूचनामा प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, १ सय ४ डिग्रि माथी ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा र स्वाशप्रस्वासमा अत्याधिक समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया