राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 

राजविराज राजविराज
|
बिहिबार, माघ ९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट  नेकपा–राजपा गठबन्धन बिजयी 

सारांश

  •     प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका अल्पसंख्यक समुदायतर्फ राजपाका शेखर कुमार सिंह, अन्य समूह तर्फबाट राजपाकै मृगेन्द्र कुमार सिंह यादव, दलित समूहतर्फबाट नेकपाका राधेश्याम पासवान र महिला समूहतर्फबाट नेकपाकै तुलसा दाहाल बिजयी भएका छन् ।
  •       राष्ट्रिय सभा निर्वाचनका लागि चार सीटमा नेकपा–राजपाले गठबन्धन गरि दुई दुई सीटमा उम्मेदवारी दिएका थिए ।
  • यता नेपाली काँग्रेस–समाजवादी पार्टीले अर्को गठबन्धन बनाई दुई दुई सीटमा उम्मेदवारी दिएका थिए ।

दैनिक समाचारदाता
जनकपुरधाम, ९ माघ ।
    राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । 
    प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका अल्पसंख्यक समुदायतर्फ राजपाका शेखर कुमार सिंह, अन्य समूह तर्फबाट राजपाकै मृगेन्द्र कुमार सिंह यादव, दलित समूहतर्फबाट नेकपाका राधेश्याम पासवान र महिला समूहतर्फबाट नेकपाकै तुलसा दाहाल बिजयी भएका छन् । 
    राष्ट्रिय सभा निर्वाचनका लागि चार सीटमा नेकपा–राजपाले गठबन्धन गरि दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । यता नेपाली काँग्रेस–समाजवादी पार्टीले अर्को गठबन्धन बनाई दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । जस अनुसार ४ सिटमा ८ जनाको उम्मेदवारी परेको थियो । 
    प्राप्त मतपरिणाम अनुसार शेखर सिंह ९ सय ९०, मृगेन्द्र कुमार सिंह यादव ८ सय ८८, राधेश्याम पासवान ४ सय ८८, तुलसा दाहाल ४ सय ६८ मतअन्तरले बिजयी भएका छन् । 
    यसअघि बिहीबार सम्पन्न निर्वाचनमा ३ सय ७९ जनाले मतदान गरेका थिए । प्रदेश सांसद १ सय ७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ७२ जना गरी ३ सय ७९ लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाएर निर्वाचन सम्पन्न भएको थियो ।
    यता पार्टीको ह्वीप विपरीत नेपाली जनता दलका पर्साको पोखरिया नगरपालीका र कालिकामाई गाउपालीका प्रमुखले मतदान गरेका थिए । पार्टीले कुनै गठबन्धनलाई भोट नहाल्न ह्वीप लगाएको थियो । यता ह्वीपको अवज्ञा गरे पदमुक्त हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह