ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते

राजविराज राजविराज
|
सोमबार, कार्तिक २९, २०७८
|
|
११५ पटक हेरिएको
Shares
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते

सारांश

  •     मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सो नगरपालिका ७ कल्याणपुर चोकस्थित पश्चिम बस बसौनी छेउमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.
  • १त.

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरीमा सोमबार एक ट्याक्टर अनियन्त्रित भई कपाल काट्ने सैलुनमा छिर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 
    मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो नगरपालिका ७ कल्याणपुर चोकस्थित पश्चिम बस बसौनी छेउमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सैलुनमा छिर्दा पासवानको टाउको र नाकमा गम्भिर चोट लागेपछि उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । 
    सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यस्तै सो दुर्घटनामा जिल्लाको लालपट्टी निवासी ४५ वर्षिय श्याम ठाकुर, ३५ वर्षिय किसुनलाल ठाकुर, राजविराज ९ मलेठ निवासी ३५ वर्षिय रबिन्द्र ठाकुर र स्थानिय ट्याक्टर चालक २३ वर्षिय अर्जुन चौधरी घाइते भएका छन् । 
    घाइतेहरुलाई स्थानिय युनिभर्सल अस्पताल र बिराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । यता प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी