दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले विगतमा समयमै गर्न नसकेको गाउँसभा यस पटक समयमै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
शुक्रबार गाउँपालिकाको आठौं गाउँसभामा अध्यक्ष विद्यानन्द चौधरीले गाउँपालिकाको आगामी आ.ब. २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
उनले आगामी आ.ब. २०७९÷८० का लागि रु ७३ करोड ३६ लाख २० हजार बजेट प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा गाउँपालिकामा कार्यक्रम बजेट तथा प्रतिवेदन पेश नगर्ने गैर सरकारी संस्थाहरुको नवीकरण नगर्ने र गाउँपालिकाबाट दिइने सेवा सुविधा तथा साझेदारीमा समेत बन्देज गरिने नीति बनाउने उल्लेख छ ।
पालिकाका सबै संरचनामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थालाई लागू गरिनेछ । स्वास्थ्य स्वयंसेविकाहरुको कार्यसम्पादन र कार्यबोझको आधारमा प्रोत्साहन भत्ताको व्यवस्थापन गरिने, जथाभावी फोहोर फ्याँक्नेलाई आवश्यक कार्वाही गर्न पालिकास्तरीय टोली बनाउने, १ सय ५० जना युवालाई व्यवसायीक तालिम दिई रोजगारी सृजना गर्न पहल गरिने, गाउँपालिकाको चौतर्फी विकासका लागि ३ बर्षे मध्यकालिन विकास योजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका ज्येष्ठ सदस्य रामसागर यादवको प्रमुख आतिथ्यमा आयोजित सभामा १ देखी ७ वटै वडा सदस्य तथा गाउँपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट
सारांश
- शुक्रबार गाउँपालिकाको आठौं गाउँसभामा अध्यक्ष विद्यानन्द चौधरीले गाउँपालिकाको आगामी आ.
- ब.
- २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया