महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 

राजविराज राजविराज
|
बुधबार, श्रावण १६, २०८१
|
|
६९ पटक हेरिएको
Shares
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 

सारांश

  •     महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
  •     संघर्षका कार्यक्रम अनुसार प्रहरीको माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीवार ज्ञापन पत्र बुझाउने, शुक्रबारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र हातमा कालो पट्टि बाँधेर पत्रकारले काम गर्ने रहेको छ ।
  •       यस अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दोश्रो चरणको थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन ।

    पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । 
    महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
    संघर्षका कार्यक्रम अनुसार प्रहरीको माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीवार ज्ञापन पत्र बुझाउने, शुक्रबारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र हातमा कालो पट्टि बाँधेर पत्रकारले काम गर्ने रहेको छ । 
    यस अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दोश्रो चरणको थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । 
    समाचार लेखेको निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवं राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिने महदेवा गाउँपालिकाका अभिषेक मण्डलमाथि कानुन बमोजिम कारबाहीको लागि महासंघले मंगलबार जिल्ला प्रहरीमा निवेदन दिएको थियो । 
    महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वाससहितको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यलाई बुझाएको निवेदन उपर बुधबार साँझसम्म कुनै कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन् । 
    श्रोतका अनुसार सप्तरी प्रहरी राजनीतिक दबाबमा परेको छ । बुधबार दिनभरी प्रहरीलाई विभिन्न राजनीतिक दलको दबाब आएको तथा पक्राउ गर्नुको साटो मिलापत्रमा बढी जोड दिएको देखिन्छ । धम्की दिने व्यक्ति महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलको नातामा पर्ने सालो समेत रहेकाले प्रहरीले उनलाई पक्राउ गर्न सक्रियता र गम्भिरता नदेखाएको श्रोतको दाबी छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
दण्ड प्रणाम गर्दै पूजाघाट 
दण्ड प्रणाम गर्दै पूजाघाट 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण