दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले राजविराजबाट बुधबार घुस रकमसहित दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र यादवलाई राजविराजस्थित एक बस टिकट काउन्टरबाट पक्राउ गरेको हो । लेखापाल जिल्ला अदालत सप्तरीमा समेत सोही पदमा कार्यरत छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार कम्प्युटर अपरेटर वीरेन्द्र यादवका साथबाट २ लाख नगद तथा लेखापाल टेकनारायण यादवको साथबाट ३ लाख रकमको चेक बरामद गरिएको छ ।
सोलारबत्ती जडान गर्ने बिषयमा भुक्तनी मिलाउने सम्बन्धिमा घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता दाहालले बताए ।
यता पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी लगिएको जनाएको छ ।
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ
सारांश
- गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र यादवलाई राजविराजस्थित एक बस टिकट काउन्टरबाट पक्राउ गरेको हो ।
- लेखापाल जिल्ला अदालत सप्तरीमा समेत सोही पदमा कार्यरत छन् ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार कम्प्युटर अपरेटर वीरेन्द्र यादवका साथबाट २ लाख नगद तथा लेखापाल टेकनारायण यादवको साथबाट ३ लाख रकमको चेक बरामद गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया