दैनिक समाचारदाता
चितवन, ५ फागुन ।
राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो । कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भूषाल, गंगा प्रसाद साह, मनु तमाङलगायतको समेत उपस्थिती थियो ।
कार्यक्रममा दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गरिएको थियो । कार्यक्रमका बक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने बताए ।
कार्यक्रमका वक्ताहरुले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल
सारांश
- चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो ।
- कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भूषाल, गंगा प्रसाद साह, मनु तमाङलगायतको समेत उपस्थिती थियो ।
- कार्यक्रममा दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया