संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए

राजविराज राजविराज
|
मंगलबार, पौष १४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए

सारांश

  • राजासहितको हिन्दु राष्ट्र स्थापनाको माग गर्दै मंगलबार राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा प्रदर्शन गर्न भेला हुन नपाउँदै यूवा विद्यार्थीहरुले सो कार्यक्रम बिथोलेका हुन् ।
  •     एक सातादेखी भइरहेको प्रदर्शनको तयारी र प्रचारप्रसारपछि राजविराजस्थित शिवमन्दिर परिसरमा बिहान ११ बजेतिर संगठनका अगुवा तथा कार्यकर्ताहरु झण्डा र ब्यानरसहित एकजुट हुन नपाउँदै कार्यक्रम बिथोलिएको छ ।
  •        नेकपा (प्रचण्ड–माधव समूह) निकट राष्ट्रिय यूवा संघ नेपाल, काँग्रेस निकट नेवि संघ तथा जसपा निकट राष्ट्रिय विद्यार्थी संघमा आवद्ध यूवा विद्यार्थी नेता कार्यकर्ताले राजावादी पक्षधर सप्तरी समाज नामक संस्थाले निकाल्न लागेको प्रदर्शनलाई बिथोलेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
    राजावदीहरुले मंगलबार राजविराजमा गर्न लागेको बृहत प्रदर्शनलाई संयुक्त यूवा विद्यार्थी सप्तरीले बिथोलि दिएका छन् । 
राजासहितको हिन्दु राष्ट्र स्थापनाको माग गर्दै मंगलबार राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा प्रदर्शन गर्न भेला हुन नपाउँदै यूवा विद्यार्थीहरुले सो कार्यक्रम बिथोलेका हुन् ।
    एक सातादेखी भइरहेको प्रदर्शनको तयारी र प्रचारप्रसारपछि राजविराजस्थित शिवमन्दिर परिसरमा बिहान ११ बजेतिर संगठनका अगुवा तथा कार्यकर्ताहरु झण्डा र ब्यानरसहित एकजुट हुन नपाउँदै कार्यक्रम बिथोलिएको छ । 
     नेकपा (प्रचण्ड–माधव समूह) निकट राष्ट्रिय यूवा संघ नेपाल, काँग्रेस निकट नेवि संघ तथा जसपा निकट राष्ट्रिय विद्यार्थी संघमा आवद्ध यूवा विद्यार्थी नेता कार्यकर्ताले राजावादी पक्षधर सप्तरी समाज नामक संस्थाले निकाल्न लागेको प्रदर्शनलाई बिथोलेका छन् । 
    संयुक्त विद्यार्थी सप्तरीमा आवद्ध राष्ट्रिय विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झा, नेवि संघका जिल्ला अध्यक्ष घनानन्द यादव लगायतको नेतृत्वमा आएका यूवा विद्यार्थीले हस्तक्षेप गरि राजावादी चढेर आएका गाडीका साथै ल्याएको तुल र ब्यानर खोसेर आगो लगाइदिएका थिए । उक्त घटनापछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन र राजाबिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 
    राजावादीहरुले संविधान बिरोधी काम गरेका कारण आफूहरुले हस्तक्षेप गरेको संयुक्त यूवा विद्यार्थीमा आवद्ध विद्यार्थी नेताहरुले बताएका छन् । संविधानमा राजतन्त्रको व्यवस्था नरहेको र धर्म निरपेक्ष राष्ट्र रहेका कारण आफूहरुले कार्यक्रम बिथोलेको उनीहरुको भनाई छ । 
    यता राजावादी र हिन्दु राष्ट्रपक्षधर सप्तरी समाजका सल्लाहकार बिनोद कुमार पाण्डेले हस्तक्षेपलाई दुर्भाग्यको संज्ञा दिँदै संविधानमा सबैले आ–आफ्नो विचार राख्न पाउने व्यवस्थाका बाबजुद निरंकुश शैलीमा आफूहरुको कार्यक्तम बिथोलिएको बताएका छन् । 
    कार्यक्रम बिथोल्दा प्रहरी प्रशासन मुकदर्शक बनेको बताउँदै उनले केही दिनभित्रै पुनः तयारीका साथ कार्यक्रम गर्ने जानकारी समेत दिएका छन् ।
    यसैबीच मंगलबारै सप्तरी समाजका अध्यक्ष राजेश दास र सल्लाहकार पाण्डेको अगुवाईमा एक समूहद्वारा जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 
    ज्ञापनपत्रमा शान्तिपूर्ण कार्यक्रममा एकपक्षद्वारा गरिएको हस्तक्षेप र प्रहरी प्रशासनको मौनताप्रति खेद व्यक्त गर्दै केही दिनभित्रै जिल्लामा हुने शान्तिपूर्ण प्रदर्शन आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
फर्सैठमा पुस्तकालय स्थापना 
फर्सैठमा पुस्तकालय स्थापना 
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे