दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै मंगलबार बिहान एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
स्थानियहरुले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको थाहा पाएपछि खोज्दै जाँदा खोला किनारमा सो शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खबर पाएपछि प्रहरी निरिक्षक यमराज बन्जारेको नेतृत्वमा टोली पुगेर महिला बारे अनुसन्धान सुरु गरेपनि सडेगलेको अवस्थामा फेला परेको ती महिलाको शवको सनाखत भने हुन नसकेको डिएसपी तिलक भारतीले बताएका छन् ।
यता आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि मंगलबारै धरानस्थित विपी कोइलारा बिज्ञान प्रतिष्ठान पठाइएको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सडेगलेको अवस्थामा महिलाको शव फेला
सारांश
- स्थानियहरुले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको थाहा पाएपछि खोज्दै जाँदा खोला किनारमा सो शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
- प्रहरीले खबर पाएपछि प्रहरी निरिक्षक यमराज बन्जारेको नेतृत्वमा टोली पुगेर महिला बारे अनुसन्धान सुरु गरेपनि सडेगलेको अवस्थामा फेला परेको ती महिलाको शवको सनाखत भने हुन नसकेको डिएसपी तिलक भारतीले बताएका छन् ।
- यता आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि मंगलबारै धरानस्थित विपी कोइलारा बिज्ञान प्रतिष्ठान पठाइएको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया