दैनिक समाचारदाता
राजविराज, २ चैत ।
कोशी पीडितहरुले १५ दिन भित्र आफुहरुको माग पुरा गराउन पहल नगरिए पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
६ महिना अघि अनिश्चितकालिन रिले अनसन बसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशीपीडितहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सोे चेतावनी दिएका हुन् ।
कोशी पीडितहरुद्वारा गठित कोशी नदी कटान डुवान पीडित संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीका संयोजक महिदेव प्रसाद चौधरी
बुझाइएको ज्ञापन पत्रमा १५ दिन भित्र कोशी पीडितले उठाएका माग उपर सुनवाई नभए सुनसरीको चतरादेखी भारतको कुनौली बोर्डरसम्म कोशी योजना अन्तर्गत हुने सबै निर्माण कार्यलाई अवरोध गरी ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।
कोशी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा, बालिनालीको क्षतीको मुृआब्जा, दुबै तटबन्ध विच जग्गाको सुरक्षा र २०११ सालमा भएको नेपाल–भारत कोशी सम्झौता कार्यान्वयनको माग गर्दै पटक पटक आन्दोलन थाल्दै आएको हजारौ कोशी पिडीतहरु दशकौं देखी मुआब्जा माग्दै संर्घषरत छन् ।
ज्ञापन पत्रमा कोशी सम्झौता कार्यान्वयन गर्न गराउन, बालिको क्षतीपुर्ती भारत सरकारसंग उपलब्ध गराउन ठोस पहल गर्न तथा १ सय ९९ सय वर्ष लिजमा रहेको नेपाली किसानको जग्गा सुरक्षाको सुनिश्तिता कायम गराउन लगायतको तीन बुंदे माग अघि सारिएको छ ।
ज्ञापन पत्र उपर सुनवाई नगरिए १६ औं दिन पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गर्ने संयोजक चौधरीले बताए ।
वर्षाै देखी मुआब्जा र क्षतीपुर्तीको आशमा वसेका सुनसरी, उदयपुर र सप्तरीका गरी तीन वटै जिल्लाका कोशी पीडितहरुले संर्घष समिती गठन गरी गत साउन ३२ गते देखी कोशी ब्यारेज किनारमा अनिश्चितकालिन रिले अनशन शूरु गरेका थिए । तर चाडपर्व नजिकीएको भन्दै तीन महिना पछि असोज ८ गते आन्दोलन स्थगन गरेका कोशी पीडितहरु फेरी तातिएका हुन् ।
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी
सारांश
- ६ महिना अघि अनिश्चितकालिन रिले अनसन बसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशीपीडितहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सोे चेतावनी दिएका हुन् ।
- कोशी पीडितहरुद्वारा गठित कोशी नदी कटान डुवान पीडित संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीका संयोजक महिदेव प्रसाद चौधरी बुझाइएको ज्ञापन पत्रमा १५ दिन भित्र कोशी पीडितले उठाएका माग उपर सुनवाई नभए सुनसरीको चतरादेखी भारतको कुनौली बोर्डरसम्म कोशी योजना अन्तर्गत हुने सबै निर्माण कार्यलाई अवरोध गरी ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।
- कोशी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा, बालिनालीको क्षतीको मुृआब्जा, दुबै तटबन्ध विच जग्गाको सुरक्षा र २०११ सालमा भएको नेपाल–भारत कोशी सम्झौता कार्यान्वयनको माग गर्दै पटक पटक आन्दोलन थाल्दै आएको हजारौ कोशी पिडीतहरु दशकौं देखी मुआब्जा माग्दै संर्घषरत छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया