दैनिक समाचारदाता
राजविराज, ३ असार ।
कोरोना भाइरसबाट स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा ठप्प गरिएको छ ।
उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो ।
स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिएका छन् ।
यस्तै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
उनका अनुसार गत शनिबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीलाई अहिले साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार भइरहेको छ ।
उनले होम क्वारेन्टाइनमा राखिएका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरि परिक्षणका लागि पठाइसकिएको र रिपोर्ट आएपछि सोही अनुसार सेवा पुनःसंचालन बारे आवश्यक निर्णय लिइने जानकारी पनि दिए ।
यसअघि सप्तरीको बोदेबसाईनस्थित क्वारेन्टाइनमा खटिएका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
सारांश
- उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो ।
- स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिएका छन् ।
- यस्तै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया