३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
आइतबार, पौष २१, २०८१
|
|
६७ पटक हेरिएको
Shares
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
  •     पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्वारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 

    सप्तरी प्रहरीले आइतवार एक महिलासहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
    पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्वारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ । 
    बि.स.२०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका एक गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो । 
    यस्तै कुटपिट र लुटपिट मुद्दाका सोही पालिकाको वडा २ का महेन्द्र सदा र शम्भुनाथ नगरपालिका १ का लेनदेन मुद्दाका फरार प्रतिवादी महेन्द्र सदा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    उनीहरुबाट ६ महिना कैद र १ सय ५५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ