दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
सप्तरी प्रहरीले आइतवार एक महिलासहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्वारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ ।
बि.स.२०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका एक गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो ।
यस्तै कुटपिट र लुटपिट मुद्दाका सोही पालिकाको वडा २ का महेन्द्र सदा र शम्भुनाथ नगरपालिका १ का लेनदेन मुद्दाका फरार प्रतिवादी महेन्द्र सदा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनीहरुबाट ६ महिना कैद र १ सय ५५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
- पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्वारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ ।
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया