निःशुल्क विरुवा बाँड्दै वन कार्यालय

राजविराज राजविराज
|
मंगलबार, जेठ ३१, २०७९
|
|
२० पटक हेरिएको
Shares
निःशुल्क विरुवा बाँड्दै वन कार्यालय

सारांश

  •     यसैक्रममा सो कार्यालयले विभिन्न प्रजातिका २ लाख भन्दा बढी विरुवा निःशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ ।
  •       जेठ १५ गते देखी सूरु गरेको २ वर्षे विरुवा वितरण कार्यक्रम अन्र्तगत मंगलवार सम्ममा वन प्रजातिका महगनी, अमला, तेजपात, गोल्डमोहरका २ लाख तथा आँप, लिची, कागती लगायतका फलफुलका १४ हजार विरुवा वितरण गरिसकिएको रेन्जर लक्ष्मण साफीले जानकारी दिएका छन् ।
  • उनले निःशुल्क विरुवा वितरण अभियान अझ केही दिन जारी रहने समेत बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
    डिभिजन वन कार्यालय सप्तरीले हरियाली बढाउनेसंगै वातावरण संरक्षण, वन प्रर्वद्धन र विकासका लागी वृक्षारोपण कार्यलाई उच्च प्राथमिक्तामा राखेको छ । 
    यसैक्रममा सो कार्यालयले विभिन्न प्रजातिका २ लाख भन्दा बढी विरुवा निःशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ । 
    जेठ १५ गते देखी सूरु गरेको २ वर्षे विरुवा वितरण कार्यक्रम अन्र्तगत मंगलवार सम्ममा वन प्रजातिका महगनी, अमला, तेजपात, गोल्डमोहरका २ लाख तथा आँप, लिची, कागती लगायतका फलफुलका १४ हजार विरुवा वितरण गरिसकिएको रेन्जर लक्ष्मण साफीले जानकारी दिएका छन् । उनले निःशुल्क विरुवा वितरण अभियान अझ केही दिन जारी रहने समेत बताए । 
    डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले विरुवा दिएर मात्र नभएर त्यसको महत्व, हुर्काउने र रेखदेख कसरी गर्ने भन्ने वारे सीप र ज्ञान पनि दिने गरेको बताए । उनले वन संरक्षणका लागी अल्पकालिन र दीर्घकालिन कार्यक्रम संचालन नगरे वन तथा वातावरणमा संकट निम्तने उल्लेख गरे ।
    कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक आर्जनका लागी समेत विभिन्न गतिविधीमा जोड दिएको छ ।
    यस्तै ग्रामिण भेगका वनमा विविध जातका विरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागी समेत विशेष कार्य योजना तयार पारेर अघि बढेको साहको भनाई छ । 
    यसरी तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपन, जीविकोपार्जनका लागी वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिक्तामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ । 
    संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सवै पक्षको सहयोगमा कार्यान्वयन गराउन सकृय भई लाग्दा सफलता मिल्दै गएको डिभिजन वन कार्यालयका प्रमुख साहको भनाइ छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह 
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह 
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट