सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा

राजविराज राजविराज
|
मंगलबार, मंसिर २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा

सारांश

  •     प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित ”प्रसबनी आयुर्वेद औषधालय भवन” को उद्घाटन गर्दै औषधालयबाट अग्नीसाईकर कृष्णाशवरण गाउँपालिका तथा आसपास क्षेत्रका साथै प्रदेश १ र प्रदेश २ का जनता पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।
  •       उनले तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोकै पालामा औषधालय निर्माण गरिने निर्णय भएको जानकारी दिदै प्रदेश २ सरकारले पनि जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने नीतिलाई प्रभावकारी ढंगले अगाडी बढाएको बताए ।
  •       औषधालय भवन निर्माणका लागी स्थानिय राजकुमार यादवले आप्mना बुवा डम्बर र आमा बोदि देवीको नाममा लाखौं मुल्य पर्ने डेढ कठ जग्गा निशुल्क प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका वडा नं. ४ बनौलीमा उच्च प्रविधिसहितको आयुर्वेद औषधालय सोमबारदेखी संचालनमा आएको छ । 
    प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित ”प्रसबनी आयुर्वेद औषधालय भवन” को उद्घाटन गर्दै औषधालयबाट अग्नीसाईकर कृष्णाशवरण गाउँपालिका तथा आसपास क्षेत्रका साथै प्रदेश १ र प्रदेश २ का जनता पनि लाभान्वित हुने विश्वास व्यक्त गरे । 
    उनले तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोकै पालामा औषधालय निर्माण गरिने निर्णय भएको जानकारी दिदै प्रदेश २ सरकारले पनि जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने नीतिलाई प्रभावकारी ढंगले अगाडी बढाएको बताए । 
    औषधालय भवन निर्माणका लागी स्थानिय राजकुमार यादवले आप्mना बुवा डम्बर र आमा बोदि देवीको नाममा लाखौं मुल्य पर्ने डेढ कठ जग्गा निशुल्क प्रदान गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सहयोगमा गत २०७५ बैशाख २६ गते देखि सघन सहरी तथा भवन निर्माण आयोजनाको रेखदेख र अख्तियारीमा निर्माण कार्य सुरु गरिएको थियो । 
    डेढ कठ क्षेत्रफलमा मुल्य अभिबृद्घिकर (भ्याट) बाहेक १ करोड ४५ लाख रुपैयाको लागतमा निर्माण भएको २ तल्ले भवनमा विरामी जाँच कक्ष, सिरोधारा कक्ष, पञ्चकार्य कक्ष, औषधी वितरण कक्ष लगायतका गरी १४ कोठाको भवन छ । 
    औषधालय भवन निर्माणको ठेक्का पाएका कोशी एण्ड न्यौपाने कम्पनीले तोकिएको म्याद अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङ्गले जानकारी दिए । 
    कृष्णाशवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश २ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री राम नरेशराय यादव, राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतको पनि उपस्थिति थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह 
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट
सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास