मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
६५ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ पोर्ताहा निवासी भारदह अस्पतालमा पाले पदमा कार्यरत २० बर्षिय बिनोद खिडहरी यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
  •       त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउका शैलेन्द्र यादव घाइते भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
    पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहामा शुक्रबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक भारदह अस्पतालका पालेको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ पोर्ताहा निवासी भारदह अस्पतालमा पाले पदमा कार्यरत २० बर्षिय बिनोद खिडहरी यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
    त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउका शैलेन्द्र यादव घाइते भएका छन् । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । 
    पश्चिमबाट पुर्व तर्फ जादै  गरेको स.१त. ६४४४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउदै  गरेको ना ११ प १७०४ नम्बरको मोटरसाइकललाई ठोकिदा मोटरसाइकलमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?