सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, श्रावण २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

सारांश

  •     पुर्वबाट पश्चिम तर्फ आउदै गरेको १८ नं.
  • बाहिनि गाईघाट उदयपुरको प्रदेश नं.
  • ३–०१–००१ ग ३७२५ नं.

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
    पूर्वपश्चिम राजमार्ग अन्तरतगत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह कंकालिनि मन्दिर नजिकै बुधबार सेनाको गाडीको ठक्करबाट पिकअप चालकको घटनास्थलमै मृत्यु भएको छ । 
    पुर्वबाट पश्चिम तर्फ आउदै गरेको १८ नं. बाहिनि गाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नं. सेनाको वन्टेन गाडी र विपरित दिशाबाट जादै गरेको मे.१च. ६९२५ नं. को पिक अप गाडी एक–आपसमा ठक्कर खाँदा पिकअप चालक झापा जिल्लाको दमक नगरपालिकाका ४२ वर्षिय मेघराज शर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै सो दुर्घटनामा पिकअपका सहचालक सुनसरी ईटहरी नगरपालिका ५ बस्ने ५२ वर्षिय भवानी र सेनाको गाडीमा सवार खोटाङ मझुवागढी नगरपालिका १० बस्ने ४२ वर्षिय १८ नं. बाहीनी उदयपुरमा कार्यरत जमदार जिवन गरी घाइते भएका छन् । 
    यता प्रहरीले सेनाको गाडी र चालकलाई नियन्त्रणमा लिएको तथा मृतकको शव कानुन बमोजिम कानुनी प्रकृया अगाडी बढाएको तथा घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?