मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ

राजविराज राजविराज
|
मंगलबार, मंसिर २१, २०७८
|
|
१९ पटक हेरिएको
Shares
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ

सारांश

  •     चोरीको मोटरसाईलसहित प्रहरीले घटनाको ८ दिनपछि सोमवार साँझ पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
  •       गत मंसिर १३ गते दिउसो १ बजे तिर काम विषेशले तिलाठी स्थित राजविराज भन्सार कार्यालय पुगेका सप्तरीको तिरहुत गाउँपालिका ४ निवासी सोभित लाल खंगको मोटरसाईकल चोरी भएको थियो ।
  • मोटरसाईकल चोरी भएको थाहा पाएपछि खंगले प्रहरीमा जाहेरी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    भन्सार कार्यालय भित्र पसेका एक सेवाग्राहीको मोटरसाईकल चोरी गरी फरार रहेका राजविराज ६ निवासी विसो भन्ने विश्व कुमार यादव पक्राउ परेका छन् । 
    चोरीको मोटरसाईलसहित प्रहरीले घटनाको ८ दिनपछि सोमवार साँझ पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो । 
    गत मंसिर १३ गते दिउसो १ बजे तिर काम विषेशले तिलाठी स्थित राजविराज भन्सार कार्यालय पुगेका सप्तरीको तिरहुत गाउँपालिका ४ निवासी सोभित लाल खंगको मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको थाहा पाएपछि खंगले प्रहरीमा जाहेरी दिएका थिए । 
    खोज तलासको क्रममा सोमवार साँझ राजविराज ५ स्थित एक स्थानबाट चोरीको मोटरसाईकल सहित २० वर्षिय यादव पक्राउ परेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 
    उनलाई नियन्त्रणमा राखी चोरी मुद्दा शिर्षक अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
गुडिरहेको ट्रकमा आगलागी 
गुडिरहेको ट्रकमा आगलागी 
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन