प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 

सारांश

  •     मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २ हजार ७ सय विद्यालयका कक्षा ८ मा अध्ययनरत १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
  •       साइकल वितरण लस्समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउँदै यसका लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले जानकारी दिए ।
  •     प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको बताउँदै उनले  शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेका महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए ।

दैनिक समाचारदाता
जनकपुरधाम, २४ फागुन । 
    १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत १ हजार ५ सय छात्राहरुलाई साइकल वितरण गरेको छ । 
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २ हजार ७ सय विद्यालयका कक्षा ८ मा अध्ययनरत १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेका छन् । 
    साइकल वितरण लस्समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउँदै यसका लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले जानकारी दिए ।
    प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको बताउँदै उनले  शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेका महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए ।
    महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा राख्दै एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए । उक्त कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको छ । 
    बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको छ । यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो । 
    उपसभामुख उपमा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा,  भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
मुआब्जा माग्दै अनिश्चितकालीन रिले अनसनलाई निरन्तरता
मुआब्जा माग्दै अनिश्चितकालीन रिले अनसनलाई निरन्तरता
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र