दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै मंगलबार राजविराजमा सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ ।
हनुमान आराधना मण्डल, विश्व हिन्दु परिषद् र सनातन संस्कृत नेपाल सप्तरीको संयुक्त अगुवाईमा साधुसन्तहरुले सो प्रदर्शन गरेका हुन् ।
गौं हत्यामा संलग्न भएका सकुर मियाँ पक्राउ परेका छन् । पक्राउ परेकामाथी कडा कारवाही चलाउनु पर्ने र फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्नु पर्ने भन्दै प्रदर्शनमा सहभागिहरुले नाराबाजीसहित नगर परिक्रमा गरेका थिए ।
गत भदौं २४ गते सप्तरीको महादेवा गाउँपालिका ४ बलिया टोलमा सकुर मियाँको घरमा गाई काटिएको थियो । गौं हत्या गरेको आरोपमा सोही दिन घरधनी मियाँ पक्राउ परेका थिए ।
यद्दपी सो कार्यमा संलग्न ४/५ जना अझै फरार छन् । पक्राउ परेकामाथी कडा कारवाही तथा फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्न दबाबका लागि प्रदर्शनमा उत्रिएको सनातन संस्कृत नेपाल सप्तरीका महासचिव परमानन्द ठाकुरले बताए ।
उनीहरुले सप्तरी जिल्ला अदालत अगाडी पुगेर समेत नाराबाजी गरेका छन् । गौं हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सकुर मियाँ उपर मंगलबारै अदालतमा सुनुवाई चलिरहेकै बेला बाहिर उनीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् ।
विश्व हिन्दु परिषद्का नगर प्रमुख प्रमोद चौधरीले घटनाको यती दिन बितिसक्दा पनि गौं हत्यामा संलग्न अन्य आरोपीहरु अझै पक्राउ नपरेको तथा पक्राउ परेका एक जना उपर पनि कडा कारवाही हुने सम्भावना कमै देखिएकाले दबाब स्वरुप साधुसन्तसहित सडकमा उत्रेको बताए । उनले गौं हत्यामा संलग्न माथी कडा कारवाहीका लागि चरणबद्ध रुपमा आन्दोलन जारि रहने बताएका छन् ।
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन
सारांश
- दैनिक समाचारदाता राजविराज, २५ असोज ।
- गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै मंगलबार राजविराजमा सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ ।
- हनुमान आराधना मण्डल, विश्व हिन्दु परिषद् र सनातन संस्कृत नेपाल सप्तरीको संयुक्त अगुवाईमा साधुसन्तहरुले सो प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया