आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, पौष ४, २०७८
|
|
६९ पटक हेरिएको
Shares
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ

सारांश

  •     बलात्कारको झुठो आरोप लगाई रकम ठगि गर्ने सप्तरीको खडक नगरपालिका ९ लालपट्ीकी २४ वर्षिया रुबिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
  • उनी सँगै उक्त कार्यमा संलग्न रहेका सोही ठाउँका ३२ वर्षिय रहमान मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेलका अनुसार पछिल्लो पटक रुबिना र रहमान मिलेर सोही वडाकी गुलेशा खातुनसँग एक लाख रुँपैया ठगि गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 
    आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठगि गर्ने एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    बलात्कारको झुठो आरोप लगाई रकम ठगि गर्ने सप्तरीको खडक नगरपालिका ९ लालपट्ीकी २४ वर्षिया रुबिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । उनी सँगै उक्त कार्यमा संलग्न रहेका सोही ठाउँका ३२ वर्षिय रहमान मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेलका अनुसार पछिल्लो पटक रुबिना र रहमान मिलेर सोही वडाकी गुलेशा खातुनसँग एक लाख रुँपैया ठगि गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् । 
    प्रहरीका अनुसार रुबिनाले गुलेशालाई फोन गरि तिम्रो पतिले मलाई बलात्कार गरेको छ, ४ लाख रुँपैया नदिए प्रहरीमा जबरजस्तीकरणी मुद्दा अन्तरगतको जाहेरी दिन्छु भन्दै रकम ठगेको अनुसन्धानको क्रममा खुलेको हो ।
    आफू र पति बेइज्जत हुने डरले गुलेशाले तत्काल एक लाख रुँपैया बुझाएकी थिइन् । पछि पतिले उक्त आरोप सरासर गलत भएको बताएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
    सो ठगि धन्दामा रुबिनालाई रहमानले समेत सघाउने गरेकाले उनलाई पनि पक्राउ गरिएको डिएसपी काफ्लेले बताउँदै पैसा ठगि गर्न रुबिनाले यसअघि पनि गाउँका कयौं यूवाहरुलाई फसाउने र बार्गेनिङ गर्ने गरेको पाइएको उनले बताए । यसबारे पनि थप अनुसन्धान भइरहेको उनको भनाई छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?