दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
राजविराज भन्सार कार्यालयले लक्ष्य लिएको भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो । यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो । कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताएका छन् ।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८÷७९ मा सो परिमाणको राजश्व संकलन भएको हो । उनले आ.ब. २०७८÷०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र ४ सय ९९ मुद्दा एक दुई दिनमै लिलामीमा टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पुरा गरिएको जानकारी पनि दिए ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन् । उक्त दुबै छोटी भन्सारबाट पनि अपेक्षा अनुसारको राजश्व संकलन हुन नसकेको उनले बताए ।
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो ।
- यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो ।
- कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया