राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 

राजविराज राजविराज
|
बिहिबार, श्रावण ५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो ।
  • यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो ।
  • कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
    राजविराज भन्सार कार्यालयले लक्ष्य लिएको भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन गरेको हो । यो राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम हो । कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । 
    भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताएका छन् ।  
    जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८÷७९ मा सो परिमाणको राजश्व संकलन भएको हो । उनले आ.ब. २०७८÷०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र ४ सय ९९ मुद्दा एक दुई दिनमै लिलामीमा टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पुरा गरिएको जानकारी पनि दिए ।
    जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन् । उक्त दुबै छोटी भन्सारबाट पनि अपेक्षा अनुसारको राजश्व संकलन हुन नसकेको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
राजविराजमा महिला क्रिकेट सुरु
राजविराजमा महिला क्रिकेट सुरु