सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि

सारांश

  •     प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् ।
  •     जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।
  •       राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका हाँकिरहेकी छिन ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।

    सप्तरीको चार पालिकामा अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी महिला जनप्रतिनिधिले पाएकी छिन् । ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।     
    प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् ।
    जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् । 
    राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका हाँकिरहेकी छिन । नगर प्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछी ती चारै पालिकाको नेतृत्व गर्ने  अवसर अहिले महिलाहरुले पाएकी छिन् । 
    ती सबैले एक्कासी पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेको बताएकी छिन् । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन भन्छिन–“नयाँ जिम्मेवारीले दैनिकी बदलिएको छ, अहिले उपसँगै प्रमुखको पनि दोहरो भुमिका र जिम्मेवारी थपिएको छ ।” 
    विष्णुपुृर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले एक्कासी नसोचेको पदको जिम्मेवारी प्राप्त भएको बताउँदै सबैको साथ र सहयोग लिएर इमान्दारीका साथ अघि बढेको बताइन् ।
    राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनी तिनै जना अख्तियारको कारवाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुख विहीन बनेको छ । 
    यस्तै जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता पनि अख्तियारको कारवाहीका कारण निलम्बनमा परेपछी ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ । 
    सप्तरीको १८ पालिका मध्ये गत स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको थियो । यस्तै जसपा, लोसपा र एमालेले ३÷३, जनमतले २ तथा नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादीले १÷१ प्रमुख पदमा जित हात पारेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
आगलागीमा पाँच घर नष्ट
आगलागीमा पाँच घर नष्ट
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध