राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०७६
|
|
६० पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीबाट राजपाका बरिष्ठ नेताहरुलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएपछि सप्तरीका राजपाका कार्यकर्ताहरु हर्षित भएका अवस्थामा अर्कोतिर भोलीका आम निर्वाचनका सहयात्री समाजवादीसँग कठोर संघर्ष गर्नुपर्ने अवस्थामा आफूमा नै विवाद हुने मधेशी दलहरुको कार्यकर्ताहरु विभाजनको मारमा पर्ने छ भने प्रचारप्रसारको क्रममा एक मधेशी दलले अर्को मधेशी दललाई दोषारोपण आरोप प्रतिआरोपको बीचमा तितो अनुभुतिको आभास हुने देखिन्छ ।
  • यस्तो अवस्थामा मधेश आन्दोलनले दिएका जनादेश संविधान संविधान विभेदीकरणको अन्त्य तथा मधेशी दलहरुको बीच एकतामाथि नै प्रहार भएको अनुभव गर्न सकिन्छ ।
  • संघर्षको लडाई लड्ने दल संगठनको लागि पद साता तथा पावरको महत्व हुँदैन ।

अमरनाथ मण्डल
    आज राष्ट्रिय सभा निर्वाचनको लागि दलहरुद्वारा मनोनयन पत्र दर्ता गर्ने दिन र समय रहेको अवस्थामा देशको राष्ट्रिय पार्टीहरु नेकपा, काँग्रेस, राजपा, समाजवादी लगायत दलहरुले आपसी तालमेल गरी राष्ट्रिय सभाको निर्वाचन प्रक्रियामा सहभागिता भईरहेको छ भने हरेक दलले आफू नै जित्ने कसाकस भरिएका प्रतिस्पर्धाको बीच निर्वाचन प्रक्रियामा हाम फालेका छन् । यता मधेशी दल राजपा र समाजवादीले आ–आफ्नो अर्कै किसिमको प्रयास र निर्वाचनमा बर्चश्वको लागि प्रतिस्पर्धा तिब्र बनाएका अवस्थामा सप्तरीबाट राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेताहरु मध्येमा शेखर कुमार सिंह र मृगेन्द्र कुमार सिंह दुईटै बरिष्ठ नेतालाई राजपाले उम्मेदवार बनाएका छन् । स्मरणरहोस् मधेश आन्दोलनमा सप्तरीको मलेठबाट राष्ट्रिय जनता पार्टीको निर्माणको लागि अवधारणा साथ पार्टी गठनको मार्ग दिशा पाएका राजपाका नेताहरु यसपाली सप्तरीलाई नै दुईवटा सिटमा निर्वाचन लडाउने उदारता राजपाका नेताले देखाएका सन्दर्भमा राजपा सप्तरीका कार्यकर्ताहरु राजपालाई धन्यवाद दिएका छन् भने अर्को तिर नेकपा जस्तो पार्टीसँग जसको लडाई यी मधेशी दलहरुले लडिरहेको अवस्थामा राजपाले नेकपासँग सम्झौता गरी राष्ट्रिय सभामा निर्वाचनको लागि तालमेल गरेको कार्यकर्ताहरु तथा नेताहरु पचाउन सकिरहेको छैन । उता समाजवादी तथा काँग्रेसले तालमेल गरी राष्ट्रिय सभाको निर्वाचनमा एमाले र राजपाको विरुद्ध सामदण्ड भेद नीतिको अख्तियार गरीरहेको छ भने भर्खरै सरकारमा सहभागिता भएका समाजवादीले सरकारबाट बाहिरिएपछि नेकपा र राजपा विरुद्ध कडा रुपमा प्रस्तुत भईरहेका छन् । 
    समाजवादी र काँग्रेसको मतको हराहरीमा राजपा र नेकपाको मत समेत बराबर रहेको अवस्थामा राष्ट्रिय सभामा कडा प्रति स्पर्धाको निर्वाचन हेर्न पाउने छ भने काँग्रेस समाजवादीले सरकार विरुद्धको अभियान साथ नारा दिई अगाडी बढ्ने छ भने राजपाले मधेशवाद तथा नेकपाले राष्ट्रियवादको नारा दिइने अवस्थामा जनप्रतिनिधिहरु मतदाता भएको अवस्थामा पार्टी पद्धतिलाई सम्मान गर्ने कि व्यक्ति तथा नारामा केन्द्रित हुने भोलीका निर्वाचन परिणामले देखाउने छ । प्रदेश २ बाट राजपालाई २ सिट र नेकपालाई २ सिटको तालमेल तथा काँग्रेसलाई २ सिट, समाजवादीलाई २ सिटको तालमेलले पार्टी व्यक्ति तथा जाती बल पैसा समेतको सदुपयोग हुने निर्वाचन संघर्षत रहने विज्ञहरुको धारणा रहेता पनि पार्टीहरुको बिचमा आफू ठूलो जनताको हितैषी भएको सार्थक सिद्ध गर्न कुन पार्टी सफल हुने निर्वाचनले देखाउने छ । तर प्रदेश नं. २ मा मधेशवादी दलको वर्चश्व रहेको अवस्थामा समाजवादी र राजपा मिली राष्ट्रिय सभा निर्वाचनमा सहभागिता भएको भए सायद मधेशी जनताले सन्तोषको स्वास लिने तथा परिणाम पक्षमा आउने अवस्था देखिन्थ्यो । समाजवादी र राजपाको बिचको फुटले प्रदेश नं. २ मा गठित सरकार माथि आघात र असर पर्ने तथा प्रदेश २ का सरकारमा सम्मिलित भएका मन्त्रीहरु आफैमा नै विभाजन हुने अवस्था सिर्जना भएको छ । यता महान मधेश आन्दोलनमा संयुक्त रुपमा सहभागि भई तत्कालिन फोरम हाल समाजवादी पार्टी र राजपाको कार्यकर्ताहरु एउटै मनस्थिति र एउटै भावना र एउटै उद्देश्य लिई लडिरहेको युद्धमा शासक वर्गले विभाजनको निती अख्तियार गरी विभाजन गरेको अवस्थामा सायद यो विभाजनले भोलीका दिनमा मधेशवादलाई ठूलो क्षति पुग्ने विश्लेषकहरुको अनुमान रहेको छ । 
    सप्तरीबाट राजपाका बरिष्ठ नेताहरुलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएपछि सप्तरीका राजपाका कार्यकर्ताहरु हर्षित भएका अवस्थामा अर्कोतिर भोलीका आम निर्वाचनका सहयात्री समाजवादीसँग कठोर संघर्ष गर्नुपर्ने अवस्थामा आफूमा नै विवाद हुने मधेशी दलहरुको कार्यकर्ताहरु विभाजनको मारमा पर्ने छ भने प्रचारप्रसारको क्रममा एक मधेशी दलले अर्को मधेशी दललाई दोषारोपण आरोप प्रतिआरोपको बीचमा तितो अनुभुतिको आभास हुने देखिन्छ । यस्तो अवस्थामा मधेश आन्दोलनले दिएका जनादेश संविधान संविधान विभेदीकरणको अन्त्य तथा मधेशी दलहरुको बीच एकतामाथि नै प्रहार भएको अनुभव गर्न सकिन्छ । संघर्षको लडाई लड्ने दल संगठनको लागि पद साता तथा पावरको महत्व हुँदैन । मधेश र मधेशीहरुको अधिकार वर्षौ देखि खोसिरहेको शासक वर्गहरुले मधेशी दलबीच आपसी फुट गराई यस पाली नेकपा र काँग्रेसले ठूलो बाजी मारेका छन् भने मधेशी दल समाजवादी र राजपा आपसमा राष्ट्रिय सभाका लागि भिडन्त गरिरहेको अवस्थामा घातक मधेशवादलाई नै हुने विश्लेषकहरुको अनुमान रहेको अवस्थामा उत्पीडन शोसन र दमन भोगिरहेका मधेशी जनता निराशको मनस्थितिमा पुगेका छन् । भोलीका दिनमा समाजवादी र राजपाको बीच बढिरहेको तितताले मधेशमा अन्य शासक वर्ग पार्टीहरुलाई मत माग्न र मत संकलन गर्न सजिलो हुने वहाँहरुले बाटो बनाएका छन् । कुनै पनि युद्धमा विभाजित भएको सेनाले युद्ध जित्न नसक्ने इतिहासले देखाएको आन्दोलन लगायत आम निर्वाचनमा समेत साझा साझेदारी भई लड्ने समाजवादी र राजपाको बीचमा भएको फुटले सप्तरी लगायत मधेशका मधेशीहरु निराश मनस्थितिको अवस्थामा रहेको छ । जनप्रतिनिधिहरुले राष्ट्रिय सभामा मतदान गर्ने रहेको अवस्थामा मधेशी जनप्रतिनिधिहरुले मधेशवादको आवधारणा बोकेका पार्टीहरुलाई मतदान गर्नु नै अहिलेको मधेशको आवाज रहेको अवस्थामा वहाँहरुको निर्णय भोलीका मधेश आन्दोलनको लागि ठूलो बल पुग्ने देखिन्छ । राष्ट्रिय सभा निर्वाचनमा मधेशी दलहरु बिचको फुटले शासक वर्गहरु शोसन निती अख्तियार गर्ने तथा भोलीका दिनमा एक एक गरी मधेशी पार्टीहरुलाई सरकारमा सहभागिता गराई बदनाम गर्ने षड्यन्त्रको पछाडी लगेको अवस्थामा मधेशी दलहरु समयमा सचेत भई आपसी सझदारी गरी स्वहार्दपूर्ण वातावरणको निर्माण गर्नुपर्ने अवस्था देखिन्छ । यस स्तम्भकारले सप्तरीबाट राजपा जस्तो मधेशवादको अवधारणा बोकेको पार्टी सप्तरीका दुई बरिष्ठ नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाएपछि राजपाका केन्द्रिय कार्य समिति अध्यक्ष मण्डललाई सहर्ष हृदयले धन्यवाद दिँदै आगामी दिनमा मधेशी र मधेशीवादको अवधारणलाई नबिर्सि मधेशी दलहरुबीच आपसी सझदारीको परिपार्टीलाई निरन्तरता दिनुमा सबै पक्षलाई आ–आफ्नै ठाउँमा बल पु¥याउने अवस्थाको सिर्जना देखिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
वडा अध्यक्षको निधन शोकमा बिदा
वडा अध्यक्षको निधन शोकमा बिदा
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस